‘स्विम वेयर’मा देखिए ‘मिस्टर एण्ड मिस नेसनल नेपाल’का प्रतिस्पर्धी

‘मिस्टर एण्ड मिस नेशनल नेपाल २०२४’को ट्यालेन्ट र स्विम वेयर राउण्ड सकिएको आयोजकले जनाएको छ । पर्वतको कुश्मामा यी दुई सबटाइलको लागि प्रतिस्पर्धीहरुलाई प्रतिस्पर्धा गरेका थिए ।

स्विम वेयर राउन्डमा २९ जनाले प्रतिस्पर्धा गरेका थिए । सन्तोष उपाध्यायसहित उज्ज्वल के जोशी, मानस राई, रोशनी चन्द, समा पराजुली र स्मित तामाङ यो राउन्डका निर्णायक थिए । यस्तैगरी ट्यालेन्ट राउन्डमा प्रतिस्पर्धीहरुले नृत्य, गायन, पेन्टिङ, कविता वाचन गरेका थिए ।

सनुर्वी इन्टरनेशनले यो सौन्दर्य प्रतियोगिताको आयोजना गरिरहेको छ । यो प्रतियोगिताको फाइनल वैशाख १९ गते काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुनेछ । यो प्रतिस्पर्धाको विजेताले ५ लाख बराबरको उपहार प्राप्त गर्नेछन् ।

साथै, नेपालको प्रतिनिधित्व गर्दै ‘मिस्टर एण्ड मिस सुप्रा नेशनल नेपाल’ पोल्याण्ड जानेछन् । यस्तै, ‘मिस इन्टरनेशनल नेपाल २०२४’ थाइल्याण्ड, ‘मिस ग्लोब नेपाल’ अल्बानिया र ‘मिस इन्टरकन्टिनेन्टल नेपाल’ इजिप्ट जानेछन् ।