के ‘जवान’ को कथा अमिताभ बच्चनको फिल्मबाट प्रेरित हो ?

अभिनेता शाहरुख खानको फिल्म ‘जवान’लाई लिएर अहिलेसम्म विभिन्न समाचारहरु सार्वजनिक भइसकेका छन् । यो फिल्ममा अभिनेता शाहरुख दोहोरो भूमिकामा देखिँदैछन् । फिल्मको बजेटदेखि लिएर स्टारकास्टसम्मका कुरा दर्शकमाझ आइसकेको छ ।

अहिले भने फिल्मको कथालाई लिएर नयाँ खबर बाहिर आएको छ । यो फिल्मको प्लटलाई निर्माण पक्षले सुरुवातदेखि नै गोप्य राख्दै आएको थियो । तर अहिले भने यसको गोपनियता पनि बाहिरिएको छ ।

समाचार अनुसार यो फिल्म अमिताभ बच्चनको फिल्म ‘आखिरी रास्ता’बाट प्रभावित छ । ‘आखिरी रास्ता’ पनि कमल हासनको तमिल फिल्म ‘ओरु कैदियिन डायरी’को आधिकारिक रिमेक थियो ।
‘आखिरी रास्ता या ओरु कैदियिन डायरीमा अमिता या कमल पिता र छोराको दोहोरो भूमिकामा थिए । ठीक यसै गरी शाहरुख पनि ‘जवान’मा पिता र छोरोको भूमिकामा देखिँदैछन् । ‘आखिरी रास्ता’ को जस्तै ‘जवान’ले पनि एक बदलाको कथा बोल्नेछ’, निर्माण स्रोतले भनेको छ ।

‘जवान’ निर्देशक एटली कमल हासनको फिल्मका ठूला फ्यान हुन् । सोहीकारण उनले आफ्नो फिल्ममा कमलको कथाको मुख्य भाग लिएका छन् ।
‘जवान’ जुन २, २०२३ मा रिलिज हुँदैछ ।