‘मिस एण्ड मिस्टर सुप्रन्यासनल नेपाल २०२३’ का लागि २४ प्रतियोगी छनौट

नेपालमा आयोजना हुने प्रतिष्ठित सौन्दर्य प्रतियोगिता हो ‘मिस एण्ड मिस्टर सुप्रन्यासनल नेपाल’ प्रतियोगीताको आगामी संस्करण अर्थात् ‘मिस एण्ड मिस्टर सुप्रन्यासनल नेपाल २०२३’ का लागि १२ युवा र १२ युवती गरेर २४ प्रतियोगी छानिएका छन् । 

पोखरा, धनगढी, इटहरी, काठमाडौं लगायत देशको बिभिन्न स्थानमा भएको प्रारम्भिक अडिसनमा सहभागी २ सयबढी सहभागीबाट ४० प्रतियोगी छानिएका थिए । ति मध्यबाट फाइनलका लागि २४ प्रतियोगी छानिएका हुन् ।

छानिएका प्रतियोगितामा विदेश बस्ने, एनआरएन, अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागी भएका र विभिन्न सौन्दर्य प्रतियोगिता विजेता समेत छन् ।

१८ वर्षदेखि ३२ वर्षसम्मका युवती र १९ देखि ३४ वर्षसम्मका युवाको सहभागिता रहेको अडिसनको छनौट चरणमा डा. सन्तोष उपाध्यय, प्रशान्त ताम्राकार, प्रिया सिग्देल, सनिसा श्रेष्ठ, डा.केशु खड्का, पुष्कर ओझा, डा. प्रमोद जोशी, सुनिल थपलिया, उज्वल जोशी लगायत निर्णायक रहेका थिए ।

सनुर्वि इन्टरनेसनलको आयोजना रहेको प्रतियोगितामा ट्यालेन्ट, स्वीमर, टप मोडल, फिटनेश, सोसल कोर्ष, सास सेरोमनी लगायतका राउण्ड समेत आयोजना हुनेछ । ट्यालेन्ट, स्वीमर, टप मोडल राउण्डमा दर्शकले समेत सहभागीता जनाउन पाउनेछन् ।

प्रशान्त ताम्राकारको कोरियोग्राफी रहने प्रतियोगितामा अन्तराष्ट्रिय गेष्टहरुको पनि सहभागी रहनेछ । गत बर्षको प्रतियोगितामा ‘मिस्टर सुपरनेसनल २०२१’ भरो भार्गाेस, ‘मिस सुपरनेसनल २०१९’ एन्टोनियो पोर्सिल्ड र मिस सुप्रानेसनल अर्गनाइजेसनका क्रिएटिभ डाइरेक्टर आन्द्रे स्ले नेपाल आएका थिए । यो बर्ष पनि विभिन्न अन्तराष्ट्रिय गेष्टको सहभागिता रहने आयोजकले जनाएको छ ।

फाइनल प्रतिस्पर्धीले २५ दिनको बिभिन्न ट्रेनिङ समेत लिनेछन् । जसलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रशिक्षकद्धार पौडी, शारीरिक फिटनेस, फोटो सेसन, व्यक्तित्व विकास लगायत बिभिन्न प्रशिक्षण प्रदान गरिनेछ । प्रतियोगितामा २ पुरुष र २ महिला गरेर ४ विजेता छानिनेछ । जस मध्य पुरुष विजेताले अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगीता मिष्टर सुप्रन्यासनल र मिष्टर इन्टरनेशनलमा सहभागीता जनाउनेछन् भने महिला विजेताले मिस सुप्रन्यासनल र मि ग्लोबमा सहभागीको अवसर प्राप्त गर्नेछन् ।

विभिन्न आधा दर्जन बिधामा सवटाइटल विजेता पनि छानिने प्रतियोगिता नेपालमा आयोजना हुँदै आएको सौन्दर्य प्रतियोगिता भन्दा केही भिन्न र उत्कृष्ट तरिकाले आयोजना हुनेछ । युवायुवतीको प्रतिभा निखार्दै उज्वल भविष्य निर्माणमा सहयोग पुर्याउने उद्देश्यले प्रतियोगिताको आयोजना थलिएको आयोजक सनुर्वि इन्टरनेसनल सन्तोष उपाध्यायले बताए ।

प्रतियोगिताको अन्तिमस्पर्धा १५ मेमा एक भव्य समारोहकाबीच आयोजना हुनेछ । जसका राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यक्तित्वको उपस्थिति रहने आयोजकले जनाएको छ ।