बिहे अगावै इलियाना डिक्रुज आमा बन्दै


बलिउड नायिका इलियाना डिक्रुज लामो समयदेखि सामाजिक संजालमा खासै सक्रिय छैनन् । साथमा, फिल्मी पर्दामा पनि उनको सक्रियता देखिदैन । 

उनै, इलियानाले सामाजिक संजालबाट आफू आमा बन्न लागेको खबर सार्वजनिक गरेपछि उनका फ्यानहरु अचम्मित भएका छन् । इलियानाले बिहे गरेको खबर अहिलेसम्म सार्वजनिक भएको छैन । उसो भए, इलियानाका सन्तानका पिता को हुन् भन्ने कुराले सामाजिक संजालमा बहस छेडिएको छ । 

तर, यी सुन्दर नायिकाले सामाजिक संजालमा यो बिषयमा केही पनि भनेकी छैनन् । बरु, उनले लेखेकी छिन्–‘अब रोमाञ्चकताको सुरुवात भएको छ । म मेरा साना डार्लिङहरुलाई भेट्न उत्साहित छु ।’

इलियानाले सामाजिक संजालबाट आमा बन्न लागेको खबर सार्वजनिक गरेसँगै सामाजिक संजालमा हंगामा नै मच्चिएको छ ।