पल शाहको डिमाण्डः भिडियोमा ३ लाख, फिल्ममा ५० लाख


एक बर्ष लामो जेल जीवनबाट बाहिर निस्कदै गर्दा नायक पल शाहले आफू महाविश्वविद्यालयबाट बाहिरिएको बताएका थिए । अर्थात, उनले जीवनको बारेमा धेरै कुराहरु सिक्ने अवसर पाए भन्ने वुझिन्छ । 

तर, जेलबाट निस्कने वित्तिकै पलले देखाउन थालेको तामझामले भने उनी महाविश्वविद्यालयबाट बाहिरिएको छनक देखाइरहेको छैन । बरु, थला पर्दै गएको म्युजिक भिडियो बजार र फिल्म बजारलाई उनी पारिश्रमिकको चर्को माग गरिरहेका छन् । 

पल शाहले जेलमा जानु अगाडि म्युजिक भिडियोमा काम गरेको डेढ लाखसम्म पारिश्रमिक लिने गरेका थिए । तर, अब उनको पारिश्रमिक बढेर ३ लाख पुगेको छ । पललाई म्युजिक भिडियोका लागि अफर गर्न पुगेका केही मेकरलाई उनले ३ लाख पारिश्रमिक लिने बताएपछि उनीहरु निराश भएर फर्किएका छन् । अहिले भिडियोबाट ३ लाख पनि कमाउन सक्ने अवस्थामा सर्जक छैनन् । तर, यस्तो अवस्थामा पल फर्किएर भिडियोको बजारलाई पनि फर्काउँछन् भनेर अपेक्षा गरेका मेकर निराश भएका छन् । 

पलले भिडियोमा मात्र होइन, फिल्ममा पनि चर्को डिमाण्ड गरिरहेका छन् । पलले फिल्मका लागि ४० देखि ५० लाख सम्म माग्ने बताएको श्रोतले मेरो फिल्मलाई जानकारी दियो । पलको यो मागले उनलाई लिएर फिल्म बनाउन कस्सिएका मेकर हैरान बनेका छन् । 

कलाकारलाई लिएर फिल्म नै बनाउन नसक्ने अवस्था आएपछि धेरै मेकरहरु ब्याक हुनु परेको अवस्था छ । स्टार भनिएका कलाकारलाई नै नलिएर देशका केही नाम चलेका ब्यानरले फिल्म चलाएर करोडौं कमाइरहेका छन् । तर, महंगो रकम लिने स्टारका फिल्ममाथि लगानी गर्ने निर्माता नै डुबेको अवस्था छ । 

यस्तो अवस्थामा पल शाहको यस्तो मागले कसैलाई पनि भलो नगर्ने निश्चित छ ।