रेजिनालाई २६ मत अन्तरले हराउँदै कलाकार संघको अध्यक्षमा मोहन बिजयी, महासचिवमा सविनको पल्लाभारी

नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी भएका छन् । शनिबार राजधानीको बग्गीखानास्थित स्काइ दरबार ब्याङक्वेटमा सम्पन्न भएको चुनावी परिणामअनुसार मोहनले रेजिना उप्रेतीलाई २६ मतान्तरले हराएका हुन् । कूल खसेको ४६८ मत मध्ये मोहनले २३५ मत ल्याए भने रेजिनाले २०९ मत ल्याइन् ।
उपाध्यक्षमा कविता गेलाल विजयी भएकी छिन्, भने अर्को उपाध्यक्षमा शिवहरि बैरागी विजयी भएका छन् ।
त्यस्तै, महासचिव पदमा सविन श्रेष्ठले विजयी हुँदा सचिवमा रामेश्वर बुर्लाकोटी विजयी भएका छन् ।
यस्तै, कोषाध्यक्षमा सुनिल कटुवाल विजयी हुँदा निरौलाकै प्यानलबाट सह–कोषाध्यक्षमा उम्मेद्वारी दिएकी पवित्रा आचार्य भने निर्विरोध निर्वाचित भएकी छन् ।
यस्तै, १० जना सदस्यहरूमा सदस्यमा शितल केसी सर्वाधिक ३०२ मतसहित विजयी भएका छन् । अन्य सदस्यहरूमा गोपाल ढकाल ‘छन्दे’, उद्दव प्रसाद भट्टराई, पवन केसी, नम्रता खरेल, पुकार भट्टराई, खुश्बु खड्का, सरिता राधोपाध्याय, रोशन श्रेष्ठ र समीर लामा विजयी भएका छन् ।

‘प्रसाद २’को ‘मार्सी धान’ रिलिज, केकी र विपिनसँगै सरोज र आश्माको ठुम्का

‘धोकेबाज हौ तिमी’बारे बोले गायक शिव परियार, भन्छन्- मेरो भनेको छैन

रिलिज मिति तोक्दै फिल्म‘गणपति’को पोस्टर सार्वजनिक

फिल्ममा अब मेरो कुनै रेट छैनः पूजा शर्मा

रेजिनालाई महिलाले नै भोट नदिएपछि शोभितको आक्रोश

प्रतिक्रिया