‘ए साथी सुन’को थ्रिलर टिजर सार्वजनिक

अभिनेत्री बर्षा सिवाकोटी र डेव्यु अभिनेता रमेश बानियाँ अभिनय रहेको फिल्म 'ए साथी सुन'को थ्रिलर टिजर सार्वजनिक गरिएको छ । टिजर रिलिजसँगै निर्माण पक्षले फिल्मको रिलिज पोस्टपोन्ड भएकको जानकारी समेत दिएको छ ।

यसअघि चैत्र १० गतेबाट प्रदर्शनमा आउने बताइएको थियो । प्राविधिक काम नसकिएकाले फिल्मको प्रचार प्रसार पनि गर्न नभ्याएको भन्दै निर्माण टिमले रिलिज सार्नु परेकको जानकारी दिएको छ । अब फिल्म नयाँ २०८० जेठ ५ गतेबाट प्रदर्शनमा आउनेछ ।

लभस्टोरी, थ्रीलर र कमेडी जानराको फिल्ममा आयन खड्का, सुशिल पोखरेल, जयनन्द लामा, रमेश अधिकारी, बिमला गिरी लगायतको अभिनय छ । कृष्मा खड्का र इभान सन्जेल पनि बाल कलाकारको भूमिकामा फिल्ममा अभिनय गरेका छन् । ‘ए साथी सुन’ जयनन्द लामा अभिनित अन्तिम फिल्म समेत हो ।

राम राघव आचार्यको लेखन तथा निर्देशन रहेको फिल्मलाई बीना कार्की र सन्तोषकुमार राईले मिलेर निर्माण गरेका हुन् । इभान इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको फिल्मको सह-निर्मातामा सुदीप पौडेल छन् । फिल्मलाई आरआर फिल्म्सले वितरण गर्न लागेको हो ।