रिहा भए पल शाह


नेपाली फिल्म क्षेत्रका चर्चित नायक तथा म्युजिक भिडियोका मोडल पल शाह रिहा भएका छन् । उनलाई जिल्ला कारागार, तनुहँले रिहा गरेको हो ।  उच्च अदालत, पोखराले पललाई सबै आरोपमा सफाई दिएपछि उनी रिहा भएका हुन् ।

पल रिहा हुने खबर पाएसँगै उनका शुभचिन्तक, पत्रकार तथा दमौलीका जनताहरु कारागार अगाडि पुगेका थिए । उनीहरुले पल शाह हाईहाई, यो जित कसको पल शाहको भन्दै नारा लगाएका थिए । 

पललाई फूलमाला, खदा र अबिर लगाएर स्वागत गरिएको छ । पललाई लिनका उनका परिवार, आफन्त कारागार पुगेका थिए । 

पलले रिहा भएपछि कुनै प्रतिक्रिया भने दिएका छैनन् । उनी आज नै पोखरा अन्तरराष्ट्रिय विमानस्थलहुँदै काठमाडौं आउने कार्यक्रम छ ।