वर्षाले फ्लपको ह्याट्रिक नगर्न चल्नुपर्छ ‘ए साथी सुन’

नायिका वर्षा सिवाकोटीले अभिनय गरेको तेस्रो फिल्म ‘ए साथी सुन’ चैत्रको १० गतेबाट रिलिज हुँदै छ । यो फिल्ममा वर्षाले नव कलाकार रमेश बानियाँसँग रोमान्स गरेकी छिन् । 

बिहेपछि फेरि नेपाली फिल्ममा बलियो उपस्थिति जनाउने तयारीमा रहेकी वर्षाले फिल्म ‘कामिनो’ साइन गरिसकेकी छिन् । उनै, वर्षाका लागि चैत्र १० गतेबाट रिलिज हुन लागेको फिल्म ‘ए साथी सुन’ चल्नुपर्छ । किनकि, यो बर्ष उनी अभिनीत २ फिल्म असफल भैसकेका छन् । 

वैशाखमा रिलिज भएको फिल्म ‘लक्का जवान’ र माघमा रिलिज भएको फिल्म ‘मनसँग मन’को व्यापारले वर्षा निराश छिन् । यसैले, ‘ए साथी सुन’ले राम्रो व्यापार गरेको खण्डमा उनलाई राहत हुनसक्छ ।

रोमान्स र थ्रिलर कथामा निर्माणमा भएको फिल्मका लागि वर्षा पनि गम्भीर छिन् । वर्षा अभिनीत अर्को फिल्म ‘परदेशी २’को नयाँ प्रदर्शन मिति अझै तय हुन सकेको छैन ।