मण्डलामा 'मुनमुन' मञ्चन हुने

साहित्यकार बुद्धि सागरको उपन्यास ‘फिरफिरे’ बाट प्रेरित नाटक “मुनमुन” मञ्चन हुने भएको छ । बुद्धि सागरद्वारा लिखित चर्चित उपन्यास ‘फिरफिरे’ बाट प्रेरित रहेर नाटक मञ्चन गर्न लागिएको हो ।
नाटकको लेखन तथा निर्देशन सम्राट भुजेल गर्नेछन् । नाटकमा मनीषा ओझा, श्रीशेष श्रेष्ठ, सम्राट् भुजेल, प्रविन खरेल, सन्तोष गिरि, प्रशंसा सिवाकोटी, दिग्गज खत्री, सृष्टि महर्जन, दीपेश गजुरेल, अरुण शाह, सवि थापा, रिता साइजु, भुवन लुहार, मनोज पोख्रेल, किशोर थापा, विशाल बुढा क्षेत्रीको अभिनय रहेको छ । श्रीशेस श्रेष्ठको सह-निर्देशन रहने नाटकमा किशोर महर्जनको सङ्गीत रहेको छ ।
फागुन ५ गते देखि २० गतेसम्म बानेश्वरस्थित थापा गाउँ मण्डला नाटक घरमा “मुनमुन” सोमबार बाहेक हरेक दिन साँझ ५:१५ बजेबाट मञ्चन हुनेछ । शनिवार दिउँसो १ः३० र साँझ ५ः१५ मा दुई सो मञ्चन गरिने थिएटरले जनाएको छ ।

‘यौटा सपनाको अवसान’ मञ्चन गर्दै अनुप बराल, नाटकको अर्थपूर्ण पोस्टर सार्वजनिक

राणा शासनको प्रतीक ‘माउजङ बाबुसाहेबको कोट’ आजदेखि शैली थिएटरमा मञ्चन हुँदै

आजबाट नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको देस्रो संस्करण हुँदै

मण्डला थिएटरमा नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव

पोखरामा भदौ २४ गतेबाट ‘सुनकेशरी’ मञ्चन हुने

प्रतिक्रिया