शिल्पी थिएटरमा ‘झोडा’

चुलाचुली रङ्गमञ्चले निर्माण गरेको नाटक ‘झोडा’ शिल्पी थिएटरमा मञ्चन भइरहेको छ । फागुन ११ गतेदेखि २२ गतेसम्म नाटक मञ्चन हुनेछ । गायक, संगीतकार तथा लेखक गणेश रसिकको उपन्यास ‘आकाश गंगाको ओतमुनी’लाई सुमन लिङ्देनले नाट्य रुपान्तरण गरेका हुन् ।

नाटकको परिकल्पना तथा निर्देशन भने चेतन आङ्थुपोले गरेका हुन् । यो नाटक यसअघि दमक स्थित किराँत भवनमा ९ दिनसम्म मञ्चन भएको थियो ।

यो नाटकले पूर्वको झोडा फडानी र बस्ती बिस्तारको बारेमा चित्रण गरेको थियो । नाटकका अनुवादक लिङ्देन भन्छन्–‘कथा कथान्तर जे जस्तो भएपनि भूमि संघर्ष आज पर्यन्तको हो । यहाँको आदिम जातिमाथि पछि बस्ती बसाउन आउने अन्य समुदाय उत्पीडक भएकै हुन् । आदिमा रैथानेहरुको गौचरन साँघुरियो । नाटकले यही विषयलाई उठान छ ।’

करिब एक घन्टाको रहेको यो नाटक हरेक दिन बेलुकी ५ बजेदेखि र शनिबार १ बजे अतिरिक्त समयमा यो नाटक मञ्चन भइरहेको छ ।