'पगला घोडा' पुस १२ गतेबाट मञ्चन हुने
![](https://snowberry.prixacdn.net/media/gallery_folder/409715516_906215181133273_9218427290929897615_n_k2iUVV0Gef_ad0ryz5yxncs2jetmd6it8cgmj6ullgs4iiujpnvykmsaxwzztdetah9xxgu_6mEjZFvMYs_pfkhvxig92krisbidzi56q8wpyjb3biwfacofiezyohyfd5kg9cwncqvabo3.jpg)
थिएटर आकारको प्रस्तुतिमा मण्डला नाटक घरमा नाटक `पगला घोडा´ मञ्चन हुने भएको छ । नाटकको जानकारी दिने हेतुले निर्माण टिमले थिम पोस्टर सार्वजनिक गरेको छ । नाटक पुस १२ गतेबाट माघ ६ गते सम्म सोमबार बाहेक हरेक दिन मञ्चन हुनेछ साथै शनिवार भने दुई सो राखिएको छ ।
भारतीय सुप्रसिद्ध नाटककार बादल सरकारको कथा रहेको यस नाटक नेपाली भाषामा अनुवाद गर्दै मञ्चन गर्न लागिएको हो । बादल सरकार १९७० को दशकमा प्रगतिशील,स्थापना विरोधी नाटकहरूका लागि परिचित थिए ।
नाटकलाई निर्देशक घनश्याम श्रेष्ठले निर्देशन गर्दै छन् । पछिल्लो समय विभिन्न कारणले युवा वर्गमा आत्महत्या गर्नेको सङ्ख्यामा वृद्धि भइरहेको छ । यस संवेदनशील विषयवस्तुलाई दर्शक माझ कला मार्फत सम्बोधन गर्न र यस अवस्थाको बारेमा मानिसहरूलाई सचेत गराउन यस नाटकको परिकल्पना गरिएको उनी बत्ताउँछन् । अहिले समाजमा घटेको घटनालाई दर्शक सामु प्रत्यक्ष रुपमा देखाउनलाई 'पगला घोडा' एक उत्कृष्ट कथा रहेको उनको भनाई छ ।
नाटकमा रङ्गमञ्चका अब्बल कलाकारहरूको अभिनय रहेको छ । कलाकारहरू प्रमोद अग्रहरी, मलिका महत, आशान्त शर्मा, विजय ताम्राकार, बिम्ब अधिकारी लगायत मञ्चमा देखिने छन् । नाटकमा सुष्मा कोइराला सहायक निर्देशक र शंकर भण्डारी स्टेज म्यानेजरको रुपमा रहेका छन् ।
यस नाटकको नेपाली अनुवाद शिव खाँड ठकुरीले गरेका हुन् । उनलाई अनुवादमा आलेख सुपरिवेक्षकको रुपमा कलाकार तथा निर्देशक आशान्त शर्माले सहयोग गरेका छन् ।
२०६८ सालमा स्थापना भएको थिएटर आकारले थुप्रै नाटकहरू मञ्चन गरिसकेको छ । 'अनुहार हराएको' , 'बिम्बाको सपना' , 'यो कुनै बास हो एक', 'बेड नम्बर ९९' , 'तीन बहिनी', सोलो म्युजिकल प्रस्तुति`(भरत नाट्यम्) लगायत रहेका छन् । नाटकलाई जोए ,मण्डला थिएटर , भव्: , हाम्रो पात्रो , पठाओ, भिडियो पसल , रमाइलो एप , सानदार क्याफे लगायतले प्रचारमा सहयोग गरेका छन् ।
![वर्षाको नाटकमा डेब्यू](https://snowberry.prixacdn.net/media/gallery_folder/barsha%2520raut_0PRtvYHwVK_uocpnvbkl9uzlbi8kndlnak3kyv1cbytxpuvcafvvb6wzycpmtyggpfwqpjh_U3E4RavbKu_lbjmsax56jjytmar2kqp1oifqp8h3frzlfep8vscfsvqn3waqefzfvmwssse.jpg)
वर्षाको नाटकमा डेब्यू
![शिल्पी थिएटरमा ‘झोडा’](https://snowberry.prixacdn.net/media/gallery_folder/ghoda_GMe72FUlxr_9qsxn4fjhtivd6iscy2rch9bgpgvxtrwbnzslusljtdiwcc02dy2gsh3uwk1_UrJRr0W4Pa_qyosgr2yzfblmthmg5ehw8kjx50kqyms7jk4l8grpce9ako4phezyfyrjn2m.jpg)
शिल्पी थिएटरमा ‘झोडा’
![माघ ११ देखि मण्डलामा 'मासिन्या' मञ्चन हुँदै](https://snowberry.prixacdn.net/media/gallery_folder/Masinya.jpg_i4l2dTX0KX_qywmoe3zlzzr9dof8078prglwy7slk8kptxtw15qpqeyqeiqqpemoimg4lus_eolhC7TXkQ_ypxwpkpcpkszniimtun1usbi7j7jamrkxetqjjklw3abso6y85ghnezcww64.jpg)
माघ ११ देखि मण्डलामा 'मासिन्या' मञ्चन हुँदै
![मण्डलामा असोज १६ बाट नाटक ‘ब्यूँझिएको सिरानी’ मञ्चन हुँदै](https://snowberry.prixacdn.net/media/gallery_folder/382326480_618285583830999_1767384606092008688_n_VjlugXdS3O_mqa5zzdzwxhiyssp3rdbf20riyr2adgpmbg3jyowbcogo373o06obvxls96a_gKpsbAwsj3_irkdox0qa2qkhh3ybfrtxwwm7xz9zkpljoiegywzjqanbkofpngkvbpfnpza.jpg)
मण्डलामा असोज १६ बाट नाटक ‘ब्यूँझिएको सिरानी’ मञ्चन हुँदै
'वेडिङ एल्बम' नाटक रुचाइँदै
![बुद्ध र भिखारी– बुद्धलाई प्रश्न सोध्न हिँडेको भिखारीको कथा](https://snowberry.prixacdn.net/media/gallery_folder/343186874_1068930680750732_1708239733816867716_n_FrAGKxZ1oS_4zeiveqxhhuwyfd4zftt2vmjsgcy8t522wl6aioukvrrs8kaz0cgzxyfeejm_usZuyeeLRj_5ayl87voaq3b4bbpdaumovlbudhvbfxunzxnjqepoa9biglelgkzj2iqpuvh.jpg)
बुद्ध र भिखारी– बुद्धलाई प्रश्न सोध्न हिँडेको भिखारीको कथा
![मण्डला नाटक घरमा जेठ १६ देखि बुद्ध र भिखारी](https://snowberry.prixacdn.net/media/gallery_folder/343263783_785048209960672_6920929451696186817_n_j7qiXC5P53_aau4ve1t3whvltju9l1feuhro5548l9xtng3ubwlocbfrt8ljgkq3nzpcc6y_TSMqeZtRWJ_gyoewxayv39u2s79rh9gh3ywl593iuyesyiv8du89losq5m4ghjsagfaxfcw.jpg)
प्रतिक्रिया