'वेडिङ एल्बम' नाटक रुचाइँदै
कौशी थिएटरमा असोज ४ गते देखि 'वेडिङ एल्बम' नाटक मञ्चन भइरहेको छ।
भारतीय रंगकर्मी गिरीश कर्नाडद्वारा लिखित नाटकलाई आकांक्षा कार्कीले नेपालीमा अनुवाद एवं निर्देशन गरेकी हुन् । यो नाटक घटस्थापनाको अघिल्लो दिनसम्म मञ्चन हुने छ।
कथा घेराको प्रस्तुति नाटक ‘वेडिङ एल्बम’ दक्षिण एसियाली पितृसत्तात्मक समाजमा निहित विरोधाभासहरू समेटी भारतीय नाटककार गिरीश कर्नाडले लेखेका हुन् । योनीका कथाहरू, लाइन, प्राइभेट इज पोलिटिकल, एनिमल फार्म, हरेक बबाल कुरालगायत अनूदित नाटकबाट नेपाली रङ्गमञ्चमा प्रबल स्थान बनाएकी आकाङ्क्षा कार्कीले पुनः अनुवादित नाटक तयार पारेर दर्शकलाई पस्किएकी छन् ।
नाटकमा बिहेको तयारीका तनावका विरोधाभासका विषयहरू समेटिएका छन् । दक्षिण एसियाली परिवारहरूमा व्याप्त तर प्राय: बाहिर नआउने यही विषयलाई कोइराला परिवारकी कान्छी छोरी विदुषीको विवाहको धुमधामसँगको तयारीमार्फत देखाउन खोजिएको छ ।
नाटकमा मध्यम वर्गीय सहरी ब्राह्मण परिवारको चित्रण गरिएको छ । जुन परिवार शिक्षित, उदार र आधुनिक छ । यद्यपि ब्राह्मणहरूले विवाह र सांसारिक, गृहस्थ जीवनलाई उच्च मूल्य दिने भएकाले त्यस समुदायका कन्याका लागि, विवाह सबैभन्दा महत्त्वपूर्ण जीवन–चक्र हो भनी सिकाइन्छ । दुई मनबिचको मिलनमा धन, वर्ग, यौन र परम्परा कसरी झटारो भनेर ठडिन्छ भन्ने नेपाली मानसिकताका बारेमा केही गहिरो मर्मस्पर्शी अन्तर्दृष्टिहरू कथावस्तुका रूपमा नाटकमा देखाउन खोजिएको छ । नाटकको मञ्च परिकल्पना झकेन बिसी र नीराजन डोटेलले गरेका हुन् भने ध्वनि परिकल्पना नरेश गजुरेल र सुरज मल्लले गरेका छन्।
नाटकमा निर्देशक कार्कीसहित लुनिभा तुलाधर, आशान्त शर्मा, सुदाम सिके, केनिपा सिंह पहारी, नवीनचन्द्र अर्याल, ऋषिकेश बस्याल, जीवन गौतम र निष्ठा त्रिपाठीको अभिनय छ।
नाटक शनिबार बाहेक हरेक दिन बेलुका ५ः१५ बजे देखि र अतिरिक्त शो शनिबार दिउँसो १ बजे मञ्चन हुँदै आएको छ ।
![वर्षाको नाटकमा डेब्यू](https://snowberry.prixacdn.net/media/gallery_folder/barsha%2520raut_0PRtvYHwVK_uocpnvbkl9uzlbi8kndlnak3kyv1cbytxpuvcafvvb6wzycpmtyggpfwqpjh_J7I0y6CL4c_aidtlybjuxv0dsingm7i6psuedbgzc4ixukwkborqkxi9c5e3yx61f2us9tk.jpg)
वर्षाको नाटकमा डेब्यू
![शिल्पी थिएटरमा ‘झोडा’](https://snowberry.prixacdn.net/media/gallery_folder/ghoda_GMe72FUlxr_9qsxn4fjhtivd6iscy2rch9bgpgvxtrwbnzslusljtdiwcc02dy2gsh3uwk1_XzOLUD0bjP_pegwnwjjuuu1cdh7bpclchqbiyw59bg7e49agpxpciwj3aywid0djg5dlpel.jpg)
शिल्पी थिएटरमा ‘झोडा’
![माघ ११ देखि मण्डलामा 'मासिन्या' मञ्चन हुँदै](https://snowberry.prixacdn.net/media/gallery_folder/Masinya.jpg_i4l2dTX0KX_qywmoe3zlzzr9dof8078prglwy7slk8kptxtw15qpqeyqeiqqpemoimg4lus_7ISVohRxar_cwjo4qmyklnxmlpimuipcy9v6vqhpj6fro0suet1deynfrukc1v6jeape2dh.jpg)
माघ ११ देखि मण्डलामा 'मासिन्या' मञ्चन हुँदै
!['पगला घोडा' पुस १२ गतेबाट मञ्चन हुने](https://snowberry.prixacdn.net/media/gallery_folder/409715516_906215181133273_9218427290929897615_n_k2iUVV0Gef_ad0ryz5yxncs2jetmd6it8cgmj6ullgs4iiujpnvykmsaxwzztdetah9xxgu_6mEjZFvMYs_pfkhvxig92krisbidzi56q8wpyjb3biwfacofiezyohyfd5kg9cwncqvabo3.jpg)
'पगला घोडा' पुस १२ गतेबाट मञ्चन हुने
![मण्डलामा असोज १६ बाट नाटक ‘ब्यूँझिएको सिरानी’ मञ्चन हुँदै](https://snowberry.prixacdn.net/media/gallery_folder/382326480_618285583830999_1767384606092008688_n_VjlugXdS3O_mqa5zzdzwxhiyssp3rdbf20riyr2adgpmbg3jyowbcogo373o06obvxls96a_U6yTkLRK8l_jn1fbgpitcthnqwkmqrftoaivsd0azipjmt9mbwjt8isrwbupnhuue8yda8s.jpg)
मण्डलामा असोज १६ बाट नाटक ‘ब्यूँझिएको सिरानी’ मञ्चन हुँदै
![बुद्ध र भिखारी– बुद्धलाई प्रश्न सोध्न हिँडेको भिखारीको कथा](https://snowberry.prixacdn.net/media/gallery_folder/343186874_1068930680750732_1708239733816867716_n_FrAGKxZ1oS_4zeiveqxhhuwyfd4zftt2vmjsgcy8t522wl6aioukvrrs8kaz0cgzxyfeejm_vZHRy6Q2AN_ce5zwrnrpgfqmdoj3jtbfhyfmqqyghxdux53itbemylsffrxinuhshkjajji.jpg)
बुद्ध र भिखारी– बुद्धलाई प्रश्न सोध्न हिँडेको भिखारीको कथा
![मण्डला नाटक घरमा जेठ १६ देखि बुद्ध र भिखारी](https://snowberry.prixacdn.net/media/gallery_folder/343263783_785048209960672_6920929451696186817_n_j7qiXC5P53_aau4ve1t3whvltju9l1feuhro5548l9xtng3ubwlocbfrt8ljgkq3nzpcc6y_N4WNyqFilQ_mykcp8qt6y2edbk8o0lw8lrkjgutyqxyn4fgkotdenc1eublwr777hbp6na4.jpg)
प्रतिक्रिया