बैबाहिक जीवनमा बाधिए सिद्धार्थ र कियारा


बलिउड नायक सिद्धार्थ मल्होत्रा र नायिका कियारा आडवाणी बैबाहिक जीवनमा बाँधिएका छन् । उनीहरूले मंगलबार अग्निलाई साक्षी राखेर एक अर्काको साथ अगाडि बढ्ने निर्णय गरे । 

कियारा र सिद्धार्थले सामाजिक संजालमा तस्विर सेयर गर्दै अब आफूहरू औपचारिक रुपमा नै एक अर्काको भएको उल्लेख गरेका छन् । फिल्म ‘शेरशाह’मा काम गरेपछि कियारा र सिद्धार्थविच प्रेम सम्बन्ध सुरु भएको थियो । 

उनीहरूले जैसलमेरको सूर्य गढ प्यालेसमा बिहे गरेका हुन् । बैबाहिक जीवनमा सहभागी हुनका लागि केही बलिउड कर्मी जैसलमेर पुगेका थिए ।  कियारा र सिद्धार्थ बैबाहिक समारोहमा निकै खुशी देखिएका थिए । उनीहरूले एक अर्कालाई चुम्बन गरेको तस्विर समेत सार्वजनिक भएको छ । 

बिहेपछि सिद्धार्थ र कियारा मुम्बईको नयाँ घरमा सर्दैछन् । जसको मूल्य ७० करोड रहेको बताइएको छ ।