‘सती देवी’ बन्दै मलिका


नायिका मलिका महत्त निर्देशक लक्ष्मण सुवेदीको नयाँ फिल्ममा ‘सती देवी’ बन्ने भएकी छिन् ।  यो फिल्मको आज चलचित्र विकास बोर्डमा नाम दर्ता भएको हो । फिल्मको शिर्ष भूमिकामा मलिकाले काम गर्ने निर्देशक सुवेदीले जानकारी दिए । 

यो फिल्ममा भोला सापकोटा, कुलदीप अधिकारी, मनिषा सापकोटा लगायतका कलाकारको पनि अभिनय रहनेछ । 

गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियासँगको सहकार्यमा दिलासा क्रियशनको प्रस्तुतिमा यो फिल्म बन्न लागेको हो । फिल्मको लेखन, निर्माण तथा निर्देशन लक्ष्मणको रहनेछ । 

फिल्मको कथावस्तुको बारेमा केही पनि खुलाइएको छैन । फिल्म ‘पानी फोटो’मा काम गरेपछि नयाँ फिल्म साइन नगरेकी मलिकाले लक्ष्मणको फिल्मसँगै सौरभ चौधरीको फिल्म पनि साइन गरेकी छिन् ।