फ्रन्टलाइन वर्कर बनिन् ऋचा चड्डा

उत्कृष्ट अभिनेत्रीका रुपमा पहिचान बनाएकी अभिनेत्री ऋचा चड्डा जी स्टुडियोको व्यानरमा निर्माण हुन लागेको एक बेनामे फिल्ममा फ्रन्टलाइन वर्करको भूमिकामा अभिनय गर्ने भएकी छन् ।
फिल्ममा कोभिड महामारीको दोस्रो लहरमा फ्रन्टलाइन वर्करले कसरी काम गरे भन्ने विषय देखाइनेछ । जहाँ ऋचा प्रमुख भूमिकामा देखिनेछिन् ।
‘यो त्यो वास्तविक घटनामा आधारित छ, जहाँ हामी सबैले कोभिडको दोस्रो लहरमा देखेका थियौं । जहाँ नोक्सान र निराशा थियो, त्यहाँ आशा पनि थियो । फिल्मले महामारीको दौरान हाम्रो पूरा जीवनमा एक नजर लगाउनेछ । जहाँ हामी मानव हुन डराउँथ्यौं । किनकी हामीले दुरी बढाईरहेका थियौं । यो फिल्मले ती नर्स र डाक्टरको कुरा गर्नेछ, जसले निस्वार्थ भावले आफ्नो काम गरेका थिए । म यस्तै एक नर्सको भूमिकाका लागि सम्मानित महसुस गरिरहेको छु’, उनले भनेकी छन् ।
फिल्मको निर्देशन अभिषेक आचार्यले गरेका छन् । ऋचाले ‘गल्र्स विल बी गर्ल्स’को सुटिङ पनि पुरा गरेकी छन् । यो उनको होम प्रोडक्सनको पहिलो फिल्म हो ।

‘एनीमल’को समयः हलमा ३ घन्टा २१ मिनेट, ओटीटीमा ४ घन्टा

ट्रेलर रिलिज अगावै सालारको 'प्लट' लिक

यस्तो छ शाहरुखले अक्षयकुमारसँग फिल्ममा काम नगर्नुको राज

यस्तो छ ‘कान्तरा’को प्रिक्वेलको फस्टलुक

शुक्रबार फिल्म रिलिज भयो, आइतवारसम्म हामी गरिब भयौँः फराह खान

टाइगर-३ निर्माण खर्च ३०० कराेड, कलेक्सन ४०० करोड क्लबको हाराहारीमा

‘डंकी’को ‘लुट पुट गया’ गीतमा साहरुख र तापसीको रोमान्स

प्रतिक्रिया