राणा शासनको प्रतीक ‘माउजङ बाबुसाहेबको कोट’ आजदेखि शैली थिएटरमा मञ्चन हुँदै


रातोपुलस्थित शैली थिएटरमा आजदेखि ‘माउजङ बाबुसाहेबको कोट’ नाटक मञ्चन हुने भएको छ।

चर्चित कथाकार भवानी प्रसाद गुप्ता (भवानी भिक्षु) को (वि.सं. १९८६—२०३८) द्वारा रचित माउजङ बाबुसाहेबको कोट उत्कृष्ट कथा हो । कथा ‘माउजङ बाबुसाहेबको कोट’ आजदेखि मञ्चन भएर माघ २५ गतेसम्म चल्नेछ।

विवेक न्यौपानेको निर्देशन रहेको नाटकमा सविन न्यौपानेको नाट्य रूपान्तरण रहेको छ। यो कथा भिक्षुले धेरै पहिले लेखेको भएपनि अहिलेको समाजसँग पनि मिल्दोजुल्दो भएर नाटकमा रुपान्तरण गरेको सविनले बताए।

भवानी भिक्षुद्वारा लिखित ‘माउजङ बाबुसाहेबको कोट’ कथामा एकजना राणाकालीन उच्च वर्गको पात्रका माध्यमबाट परम्पराप्रति मानिसको अति मोह प्रीतिकार हुँदैन भन्ने सन्देश दिइएको छ । यस कथामा उच्च घरानियाँ जीवनचर्यालाई आधार बनाएर ‘हिङ नभएर पनि हिङ बाँधेको टालो, जस्तो सम्झने २००७ सालपछिको राणाहरूको मनोवृत्तीयमा संस्कारलाई चिनाइएको छ ।

जुन कोट उनको सबथोक हुन्छ। तर, राणाकाल अन्त्यसँगै कोटको मानसम्मानमा आएको गिरावटसँगै माउजङ बाबुसाहेबमा उत्पन्न हुने मनोविज्ञानलाई कथामा समेटिएको छ।

यस नाटकमा सरोज अर्याल, रीता थापा, सन्तोष थापा, सानु पाण्डेय, दिवाकर घिमिरे, प्रनेश गौतम, सबिन लुईटेल र सुनिल खड्काको अभिनय रहनेछ।