पोखरापछि काठमाडौंमा ‘द ब्यूटी बक्स स्टूडियो’

पोखरामा निकै लोकप्रिय बनेको ‘द ब्यूटी बक्स स्टूडियो’को शाखा अब काठमाडौंमा पनि संचालनमा आएको छ । मेकअप सिक्न चाहनेहरूका लागि यो स्टुडियो निकै नै लोकप्रिय छ । यो स्टुडियोकी प्रमुख इशा अग्रवालकी छोरीले रिबन काटेर उद्घाटन गरेकी थिइन् ।
कोरोनाको समयमा इशाले अनलाइनबाट सुरु गरेको मेकअप स्टुडियो अहिले पोखरामा लोकप्रिय बनेको छ । इशाका अनुसार, काठमाडौंबाट पनि निकै माग भएपछि यसको शाखा बिस्तार गरिएको हो ।
यो स्टुडियोमा व्यावसायिक रुपमा मेकअप गर्न चाहनेदेखि व्यक्तिगत रुपमा मेकअप सिक्न चाहनेहरूका लागि एक हप्ता र एक महिनाको प्रशिक्षण दिइन्छ ।
यस्तै, बेहुली मेकअप पनि स्टुडियोमा गरिने इशाको भनाई छ । नेपालमा पछिल्लो समय आफै मेकअप गर्न चाहने र व्यावसायिक रुपमा पार्लरमा काम गर्न चाहनेहरूको संख्या बढ्दै गएको छ । इशाले अन्य विभिन्न स्टुडियोहरूले पनि अन्तराष्ट्रिय भन्दै तालिम दिने गरेको भन्दै आफूहरूले प्रमाणपत्र नै पाएकाले अन्यसँग नझुक्किन आग्रह गरिन् ।

‘मिस यूनिभर्स’को अन्तिम २० मा रोकिदा पनि किन भयो दीपिकाको चर्चा ?
_AlcHiO19cg_yaqifunkc4b0yewv6hmi1pq7n8cb5u48hymdyswkyqut88tmw9trq1geoyr5_x020gol1mK_3mjehypmyzv3cpsndr02ltate4f8rd8ajslrnkv1fgsyorkzczeqhenzppre.jpg)
मिसेस् नेपाल वर्ल्ड–२०२३ को टप २३ प्रतिस्पर्धी सार्वजनिक

मिसेस युनिभर्स २०२३ मा विमला

‘किड्स अफ द इयर इन्टरनेशनल २०२३’मा ४ विजेता छनौट

‘आइसी डिजाइनर रनवे १२’ फेसन शो हुँदै

'जुम ब्युटी'को नयाँ शाखा चक्रपथमा खुल्यो, सलोन, केकी, रिमा र अन्जुले गरे उद्घ…
_GzPqbPiJWR_7c5fg0xhnl4wrernfgkwkvljstchwtkz888eaznefrq3iulggppzngl74adw_6NNXtXJQkb_k4zcsejxice8d3zx1vxsj1zocqlwpsss4gwdwzyhvn62lnfgd5aqsiwyhk7d.jpg)
बबिराज फेस अफ द नेशन

प्रतिक्रिया