आजबाट नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको देस्रो संस्करण हुँदै

आजदेखि काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) सुरु हुँदैछ । सामाजिक रुपान्तरणको लागि रङ्गमञ्चः विविधिताको उत्सव भन्ने नाराका साथ ९ दिनसम्म चल्ने महोत्सवको आज शुक्रबार दिउँसो २ बजे थापागाउँ काठमाडौंस्थित मण्डला थिएटरमा भव्य उदघाटन हुँदैछ ।
भारतका सुप्रशिद्ध रंगकर्मी तथा अभिनेत्री शबाना आजमीको विशेष आथित्यतामा निटफेस्ट २०२२ को दोस्रो संस्करण सुरु लागेको हो । त्यस्तै उदघाटन समारोहलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनराम श्रेष्ठ, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, विभिन्न लगायतले कलाप्रेमीहरुमाझ सम्बोधन गर्नेछन् ।
१२ देशका १८ नाटकको ३० मञ्चनसहित कार्यशाला, मास्टर क्लास, अन्तरक्रिया–विमर्शका कार्यक्रमको तालिका सार्वजनिक गरेको महोत्सवमा विश्वभरीबाट २०० भन्दा बढी नाट्य कलाकारहरु सहभागी हुँदैछन् । महोत्सवले सिर १७ सम्मको लागि बिहान ८ बजेदेखि साँझ ७स्३० बजेसम्म नाटक मञ्चन तथा विविध कार्यक्रमको तालिका निकालेको छ ।
महोत्सवमा सहभाभी हुन ‘पद्यश्री’ र ‘पद्य भूषण’बाट सम्मानित अभिनेत्री शबाना आजमी, विभिन्न देशका नाट्य टोली, निर्देशकहरु काठमाडौं आइसकेका छन् ।
महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटकहरु समावेश छन् ।

राणा शासनको प्रतीक ‘माउजङ बाबुसाहेबको कोट’ आजदेखि शैली थिएटरमा मञ्चन हुँदै

मण्डला थिएटरमा नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव

पोखरामा भदौ २४ गतेबाट ‘सुनकेशरी’ मञ्चन हुने

ओजस थियटरमा नाटक ‘असुर’ मञ्चन हुँदै

नाटक ढकियामे नागरिकता: दर्शकले असाध्यै मन पराए

प्रतिक्रिया