वरिष्ठ मूर्तिकार राजकुमार शाक्यकाे निधन

अन्तर्राष्ट्रिय जगतमा चर्चित प्रतिभाशाली वरिष्ठ मूर्तिकार राजकुमार शाक्यको निधन भएको छ। उनको ५५ को उमेरमा शनिवार बेलुकी ललितपुर पुल्चोकको सुमेरू सिटी अस्पतालमा निधन भएको अर्का कलाकार एवम् नेपाल हस्तकला महासङ्घका वरिष्ठ उपाध्यक्ष प्रचण्ड शाक्यले जानकारी दिए।

शाक्य गएको वैशाख २१ गते कोरोना भाइरस सङ्क्रमणका कारण अस्पताल भर्ना भएको थिए । उपचारपछि कोरोना नेगेटिभ रिर्पोट आएपश्चात उनलाई वार्डमा सारिएको थियो। तर अक्सिजन लेभल सन्तोषजनक नभएकाले अस्पतालमा नै उपचारत उनको शनिवार निधन भएको प्रचण्डले बताउनु भयो।

धातुकलाको थ्वज्या माज्यामा निपुण उनले भुटानमा १३५ फिट अग्लो पद्मसंभवको मूर्ति जमिनदेखि १५५ फिट० बनाएक थिए। पछिल्लो समयमा सुमेरु कलाग्रामका अध्यक्ष शाक्य विश्वको सबैभन्दा ठूलो भैरवको मुकुण्डो बनाउने काममा लागिरहेएका थिए। उनी नेपाल आर्ट भिलेजका अध्यक्ष पनि थिए।

विदेशमा नेपाली धातुकलालाई विस्तार गर्ने काममा निरन्तर लाग्नु भएकाले उनलाई २१ शताब्दीको अरनिकोको रूपमा लिइन्छ।