मिस नेपाल का २० प्रतियोगी कस्ले मार्ला वाजी

मिस नेपाल २०२० मा २० जना युवतीहरुले प्रतिस्पर्धा गर्दैछन्। यस प्रतिष्पर्धामा कसले बाजी मार्ला भन्ने कुराले अहिले बजारमा अड्कलबाजी गर्न थालिसकिएको छ। यस वर्षको मिस नेपाल प्रतियोगिता मंसिर २० गते सम्पन्न हुने आयोजक द हिडन ट्रेजरले जनाएको छ। यस वर्षको मिस नेपाल प्रतियोगिता मंसिर २० गते सम्पन्न हुने आयोजक द हिड्न ट्रेजरले जनाएको छ।

मिस नेपालमा भाग लिएका २० युवतीहरुको केही दिनअघि स्यास वितरण गर्दै उनीहरुको परिचय यूट्युबमार्फत सार्वजनिक गरिएको छ।देशका विभिन्न ठाउमा गरिएकोे अडिसनमार्फत यी प्रतिस्पर्धीहरु छनोट भएका हुन् । छनोट भएका प्रतिस्पर्धिहरुलाई पहिलो चरणको ओरियन्टेसन कक्षा लिइसकिएको छ भने उनीहरुलाई अव करिव १५ दिन आवासीय प्रशिक्षण दिइने छ ।आयुष्मा श्रेष्ठ, कन्टेष्टेन्ट नम्बर १

प्रतिष्पर्धिहमा आयुष्मा श्रेष्ठ पहिलो कन्टेष्टेन्ट रहेकी छन् । उनी मिस नेपाल २०२० का लागि चितवनबाट भिडिरेकी छन् । १९ वर्षीया आयुष्मा स्नातक तह अध्ययनरत छात्रा हुन् । उनले भविष्यमा सफल लेखिका भन्ने लक्ष्य राखेकी आयुष्माले मिस नेपालको उपाधि जितेर नेपाललाई विभिन्न अन्तर्राष्ट्रिय प्लेटफर्ममा प्रतिनिधित्व गर्ने लक्ष्य लिएकी छिन् ।

रजनी चौधरी , कन्टेष्टेन्ट नम्बर २

त्यस्तै ,मिस नेपाल २०२० की प्रतिस्पर्धि नम्बर २ मा मोरङकी रजनी चौधरी रहेकी छन् । हाल बिबिएसकी अध्ययनरत छात्रा हुन् । रजनीले भविष्यमा सफल फ्लाइट एटेन्डेन्ट हुने तथा युवापुस्ताको रोल मोडल बन्ने लक्ष्य लिएकी छिन् । मिस नेपालको प्लेटफर्मबाट आफूले सकारात्मकता फैलाउने आवाज र शक्ति पाउने विश्वास लिएकी छिन् ।

शुभाङ्गी खत्री, , कन्टेष्टेन्ट नम्बर ३

मिस नेपाल २०२० की प्रतिस्पर्धि नम्बर ३ शुभाङ्गी खत्री रहेकी छन् । भक्तपुरकी स्थायी वासिन्दा समेत रहेकी शुभाङ्ग दन्त चिकित्सामा स्नातक गरिरहेकी छिन् । २१ वर्षीया शुभाङ्गीले भविष्यमा सफल ओरल एण्ड मेक्सिलोफेसियल सर्जन बन्ने लक्ष्य लिएकी छिन् ।

अर्निका राजभण्डारी, कन्टेष्टेन्स नम्बर ४

अर्निका राजभण्डारी मिस नेपाल २०२० की प्रतिस्पर्धि नम्बर ४ मा रहेकी छन् । २५ वर्षीया अर्निका इन्फरमेसन म्यानेज्मेन्टमा स्नातकोत्तर (मास्टर अफ इन्जिनियरिङ) गरेकी छिन् । फेसन, कला–कौशल तथा जीवनशैलीमा कार्यरत इ–कमर्श कम्पनि ‘माकुरी’ मा कार्यरत रहेकी छिन् । उनको लक्ष्य भनेको एक सफल उद्यमी बन्ने रहेको छ ।

जुनु त्वयाना, कन्टेष्टेन्ट नम्बर ५

भक्तपुरकी २३ वर्षीया जुनु त्वयाना मिस नेपाल २०२० की प्रतिस्पर्धि नम्बर ५ हुन् । सिभिल इन्जिनियर समेत रहेकी जुनु ललितपुर महानगरपालिकामा कार्यरत छिन् । उनी आवाजविहिन महिलाहरुको मार्गनिर्देशक बन्न लक्ष्य रहेको छ ।

योजना भट्टराई, कन्टेष्टेन्ट नम्बर ६

कन्टेष्टेन्ट नम्बर ६ मा काठमाडौकी योजना भट्टराई रहेकी छन् । २४ वर्षीया योजना हाल बिबिएस तहमा अध्ययनरत गरिरहेकी छन् । भविष्यमा आफ्नो उद्यम सञ्चालन गर्ने उनको चाहाना रहेको छ भने आफुलाई सामाजिक उद्यमी बनेर देखाउन चाहन्छिन् ।

निगाता केसी, कन्टेष्टेन्ट नम्बर ७

दाङ घर भएकी निगाता केसी मिस नेपाल २०२० की प्रतियोगि नम्बर ७ हुन् । चितवन मेडिकल कलेजबाट एमबीबीएसको अध्ययन पुरा गरेकी निगिता डाक्टरको रुपमा मिस नेपालमा प्रतिस्पर्धा गरिरहेकी छन्। २४ वर्षीया केसीले भविष्यमा छाला रोग विशेषज्ञ बन्ने लक्ष्य लिएकी छिन्। विशेष गरि उनको लक्ष्इा भनेको एसिड आक्रमणबाट जोगिएकाहरुका लागि काम गर्ने योजना रहेको छ ।

सिजा चौलागाईं, कन्टेष्टेन्ट नम्बर ८

२४ बर्षिया रामेछापकी सिजा चौलागाईं मिस नेपाल २०२० की प्रतिस्पर्धि नम्बर ८ हुन् । बिबिए उत्तिर्ण गरेकी सिजा अन्तर्राष्ट्रिय वित्तिय संस्थामा क्रेडिट एनालिष्टको रुपमा कार्यरत छिन् । आफुले मिस नेपाल जितेको खण्डमा असाहय व्यक्तिहरुलाई जीवनस्तर उकास्ने लक्ष्य लिएकी छिन् ।

सजना पन्त, कन्टेष्टेन्ट नम्बर ९

२५ वर्षीया सजना पन्त मिस नेपाल २०२० की प्रतियोगि नम्बर ९ हुन् । काठमाडौ नै घर भएकी सजना चार्टड एकान्टेन्टकी छात्रा हुन् र अहिले सेमि–क्वालिफाइड चार्टड एकान्टेन्टमा काम गरिरहेकी छन् । बित्तिय क्षेत्रमा काम गर्दै भविष्यमा सजनाको नेपाल राष्ट्र बैंकको गभर्नर बन्ने लक्ष्य रहेको छ ।

रिया श्रेष्ठ, कन्टेष्टेन्ट नम्बर १०

रिया श्रेष्ठ मिस नेपाल–२०२० की प्रतियोगि नम्बर १० हुन् । काठमाडौ नै घर भएकी २२ बर्षिया रियाले इन्भारोमेन्टल इन्जिनियरिङमा स्नातक उत्तिर्ण गरेकी छिन् । द स्मल अर्थ नेपाल नामक संस्थामा रिसर्च असिस्टेन्टको रुपमा काम गरिरहेकी उनी भविष्यमा वातावरणीय वैज्ञानिक बन्ने लक्ष्य लिएकी छन् भने एयर क्वालिटी इन्जिनियरिङमा पिएचडी गर्ने उनको चाहाना रहेको छ ।

आयषा श्रेष्ठ, कन्टेष्टेन्ट नम्बर ११

सिभिल इन्जिनियर रहेकी २४ वर्षीया आयशा श्रेष्ठ मिस नेपाल–२०२० की प्रतियोगि नम्बर ११ हुन् । उनी लैंगिक विभेद तथा महिला अधिकारका बारेमा मुद्धा उठाउन चाहान्छिन् । जसले गर्दा कुनै पनि ठाउमा यि विभेदको कुनै समस्या हुने छैन । यसबाहेक आयशा भविष्यमा महिला इन्जिनियरहरुको एउटा संस्था समेत स्थापना गर्न चाहन्छिन् ।

मेरिसा सिंह सुवाल, कन्टेष्टेन्ट नम्बर १२

काठमाडौंकी मेरिसा सिंह सुवाल मिस नेपाल २०२० की प्रतिस्पर्धि नम्बर १२ हुन् । २३ वर्षीया मेरिसाले भविष्यमा सामाजिक उद्यमी बन्ने लक्ष्य लिएकी छिन् । बिबिए उत्तिर्ण मेरिसा हाल नेपाल रियालिस्टिक सोलुसनमा ट्रेनिङ कोअर्डिनेटरको रुपमा कार्यरत छिन् ।

नेहा सरकार, कन्टेष्टेन्ट नम्बर १३

काठमाडौंकी २२ वर्षीया नेहा सरकार मिस नेपाल २०२० की प्रतियोगि नम्बर १३ हुन् । उनी हाल बंगलादेशमा एमबीबीएस अध्ययनरत छिन् । उनले भविष्यमा स्त्रीरोग विशेषज्ञ बन्ने लक्ष्य लिएकी छिन् । स्त्रीरोग विशेषज्ञको रुपमा उनले नेपालका सम्पूर्ण महिलाहरुलाई सुरक्षित मातृत्वको अनुभव गराउने लक्ष्य लिएकी छिन् ।

शिमल कनौजिया, कन्टेष्टेन्ट नम्बर १४

काठमाडौंकी २४ वर्षीया शिमल कनौजिया मिस नेपाल २०२० की प्रतिस्पर्धि नम्बर १४ हुन् । शिमलले काठमाडौं यूनिभर्सिटी स्कूल अफ म्यानेज्मेन्टबाट बिबिए उत्तिर्ण गरेकी छिन् । भविष्यमा उद्यमी बन्ने लक्ष्य लिएकी उनी यतिबेला एमबिए अध्ययनरत छिन् भने उनले उद्घोषिकाको रुपमा समेत काम गरिसकेकी छिन् ।

सोना श्रेष्ठ, कन्टेष्टेन्ट नम्बर १५

काभ्रेपलाञ्चोककी २४ वर्षीया सोना श्रेष्ठ मिस नेपाल २०२० की प्रतियोगि नम्बर १५ हुन् । उनले मेडिकल ल्याबरोटरी टेक्नोलोजीमा स्नातक उत्तिर्ण गरेकी छिन् । उनले स्किनकेयर तथा मेकअप प्रोडक्टको आफ्नै एउटा अनलाइन भेन्चर सञ्चालन गरेकी छिन् । प्रसस्त अनुभव हासिल गरेपछि उनले भविष्यमा एउटा पोलिक्लिनिक स्थापना गर्ने लक्ष्य लिएकी छिन् ।

रुष्मिता शाही, कन्टेष्टेन्ट नम्बर १६

काठमाडौंकी २३ वर्षीया रुष्मिता शाही मिस नेपाल २०२० की प्रतियोगि नम्बर १६ हुन् । उनले होटल म्यानेज्मेन्टमा स्नातक तह उत्तिर्ण गरेकी छिन् । उनले भविष्यमा सफल उद्यमी बन्ने लक्ष्य लिएकी छिन् ।

सुप्रिया श्रेष्ठ, कन्टेष्टेन्ट नम्बर १७

काठमाडौंकी २४ वर्षीया सुप्रिया श्रेष्ठ मिस नेपाल २०२० की प्रतियोगि नम्बर १७ हुन् । उनले सोसल वर्कमा स्नातक तह उत्तिर्ण गरेकी छिन् । सुप्रिया टेलिभिजनकर्मी समेत हुन् । उनी ईमेज च्यानलमा कार्यक्रम प्रस्तोता तथा निर्माताको रुपमा कार्यरत छिन् । यसबाहेक उनी प्याराडक्स डिसी इन्क नामक संस्थाकी सञ्चालिका समेत हुन् । उनले भविष्यमा असमानता तथा लैंगिक विभेद जस्ता सामाजिक समस्या विरुद्ध आवाज उठाउने लक्ष्य लिएकी छिन् ।

नम्रता श्रेष्ठ, कन्टेष्टेन्ट नम्बर १८

काठमाडौंकी २३ वर्षीय नम्रता श्रेष्ठ मिस नेपाल २०२० की प्रतियोगि नम्बर १८ हुन् । उनले समाजशास्त्रमा स्नातकोत्तर गरेकी छिन् । उनी मानिसको जीवनमा सकारात्मकता भर्न चाहन्छिन् । उनी मिस नेपालको उपाधि जित्दै भविष्यमा एउटा राम्रो शिक्षाविदरशिक्षिका बन्न चाहन्छिन् ।

सन्ध्या शर्मा, कन्टेष्टेन्ट नम्बर १९

महोत्तरीकी २४ वर्षीया सन्ध्या शर्मा मिस नेपाल २०२० की प्रतियोगि नम्बर १९ हुन् । उनले फरेष्ट्रिमा स्नातक गरेकी छिन् भने अहिले सोही विषयमा स्नातकोत्तर गरिरहेकी छिन् । उनले मिस नेपालको प्लेटफर्मलाई वातावरण परिवर्तनको क्षेत्रमा आवाज उठाउने माध्यमको रुपमा प्रयोग गर्दै सम्पूर्ण युवाहरुलाई यो विश्वव्यापी समस्याविरुद्ध एकजुट हुन आह्वान गर्ने योजना बनाएकी छिन् ।

प्रगति श्रेष्ठ, कन्टेष्टेन्ट नम्बर २०

काठमाडौंकी २४ वर्षीया प्रगति श्रेष्ठ मिस नेपाल २०२० की प्रतियोगि नम्बर २० हुन् । बिबिए उत्तिर्ण प्रगति यतिबेला यूफोरिया नेपालमा उद्यमीको रुपमा कार्यरत छिन् ।