सम्झनामा राजारानी

त्यो निस्पट अध्यारो रातमा
परिवारको सायद त्यो अन्तिम भेला
मेरो देशको मेरुदण्ड करोडौंको आशा अनि भरोसा
भनिन्छ राम्रालाई भगवानले चाडै प्यारो बनाउछन रे,
हो रैछ ।
जब त्यो अध्यारो कालो रातमा त्यो झकिझकाउ अनि घमासन दरबार शुन्यतामा परिवर्तन भएको दिन
कसरी बिर्सिन सकौ हामी करोडौंको गाँस बाँस अनि कपास ती ढलेका लासहरु सङै ढलेको दिन
जलेका लासहरु संगै जलेको दिन
अझै पनि त्यो दरबार कहिलेकाही नियाल्न जादा भित्तामा टालिएको हजुर राजारानीको तस्बिरले मुस्कुक्क हास्दै बोलाउला झै लाग्छ
त्यो राजगद्दीमा महाराज आसन गरी अशान्ति मच्चिएको देखेर शान्तिका शब्द बोलिदिए झै लाग्छ ।
तोते तोते बोलिले लाजा भनेर बोलाएका यी मुखहरु
अहिले त सुद्द बोल्न थालेका छन् ।
सायद महाराज तिमी थियौ
दिनहु हत्या , दिनहु बलात्कार , दिनहुँ एसिड प्रहार
दिनहु हिंसा यो पट्क्कै हुन्न थियो होला
तिम्रा अभाव र छिमेकीका दबाबले
१९ बर्ष देखि देशले अन्यत्र कोल्टो फेर्दै छ ।।
न हत्याको नै रहस्य खुल्यो
न त अपराधी नै पक्डिन सकियो
राजा रानी केबल सम्झनमा ।
#राजदरबार_हत्याकाण्ड
१९औ स्मृतिदिवस हार्दिक श्रद्धाञ्जली ।।