मातातिर्थ औंशीको दिन नाजिर हुसेनको कविता

मातातिर्थ औंशीको दिनमा नजिर हुसेनले आफ्नो फेसबुक भिडियो मार्फत एक कविता वाचन गरेका छन् । उनले यो कविता आफ्नो आमालाई भौतिक रुपमा गुमाउनेहरु प्रति र सम्पूर्ण आमाहरु प्रति समर्पित गरेका छन् ।

पुरा कविता :

स्याउली चोकमा सबथोक छ
तर, तिमी छैनौ आमा
घरको पालीमा गौँथलीले गुँड लाउन अझै छोडेकी छैन
हरेक वर्ष झैँ कोरल्छे बचेराहरु
र उडाइ दिन्छे आकाशमा
बचेरासँगै उनको सपना पनि त उड्दो हो
स्याउली चोकमा सबथोक छ
तर तिमी छैनौ,
गौँथलीले देखेको जस्तै तिम्रो एक अञ्जुली सपना
अझै पनि खेतका गराहरुमा
खोलाका छालहरुमा
अम्बाका फुलहरुमा
शहरका गल्लीहरुमा
उम्रन्छन,
बग्छन,
फल्छन,
अनि , दौडन्छन
यस्तो लाग्छ
तिम्रो एक अञ्जुली सपना, मैले वर्षौँ वर्ष सम्हालेर राख्न सकूँ,
स्याउली चोकमा सबथोक छ
तर तिमी छैनौ आमा

स्याउली चोकमा सबथोक छ तर , तिमी छैनौ आमा घरको पालीमा गौँथलीले गुँड लाउन अझै छोडेकी छैन हरेक वर्ष झैँ कोरल्छे बचेराहरु र उडाइ दिन्छे आकाशमा बचेरासँगै उनको सपना पनि त उड्दो हो स्याउली चोकमा सबथोक छ तर तिमी छैनौ गौँथलीले देखेको जस्तै तिम्रो एक अञ्जुली सपना अझै पनि खेतका गराहरुमा खोलाका छालहरुमा अम्बाका फुलहरुमा शहरका गल्लीहरुमा उम्रन्छन बग्छन फल्छन अनि , दौडन्छन यस्तो लाग्छ तिम्रो एक अञ्जुली सपना, मैले वर्षौँ वर्ष सम्हालेर राख्न सकूँ स्याउली चोकमा सबथोक छ तर तिमी छैनौ आमा #happymothersday

Gepostet von Najir Husen am Mittwoch, 22. April 2020