फरक क्षमता भएका व्यक्तिहरु क्वारेन्टाइनमा बस्दै, कोरोनाबारे सचेतनामूलक गीत गाउँदै

फरक क्षमता भएका व्यक्तिहरुको म्यूजिक ब्याण्ड लाइभ म्युजिक नेपालले कोरोना भाइरसबारे सचेतनामूलक गीत बनाएर युट्युबमार्फत सार्वजनिक गरेका छन्।

विश्वभर कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहँदा उनीहरुले घरमै बस्न सुझाव दिँदै उक्त गीत बनाएका हुन।

‘सुन साइली’ बोलको भाकामा कोरोहना भाइरसको बारेमा ‘सुन आमा बाबा,कोरोनाले समाउला’ सचेतना गीत बनाएको लाइभ म्युजिक नेपालका संस्थापक रमेश राईले बताए।

उनले भने, ‘अहिले विश्वर कोरोना भाइरस माहामारीको रुपमा फैलिरहेको छ।त्यसकारण हामीले सबैलाई गीतको माध्यमबाट सचेतना मूलक गीत निकाल्ने योजना सौच्यौ।’

गीतमा प्रेम लिम्बुले बासुरी बजाएका छन् भने जीवन ओलीले अक्टोप्याड बजाएका छन्। यस्तै तलबमा ईश्वर बलामीले साथ दिएका छन् भने अर्जुन लिम्बुले मादल बजाएका छन्।