काठमाडौँमा जगपति बाबु
‘पुष्पा २’ फेम्ड साउथ स्टार जगपति बाबुले मङ्गलवार कीर्तिपुरबाट आगामी फिल्म ‘मिराई’को छायाङ्कन थालेका छन् । सोमबार बेलुका काठमाडौँमा उत्रिएका उनले आजदेखि सुटिङ सेट ज्वाइन गरेका हुन् ।
केही दिनको नेपाल बसाइमा जगपतिले फिल्म छायाङ्कनसँगै केही पर्यटकीय क्षेत्रको घुमघाम गर्नेछन् ।
यो फिल्मको दोस्रो चरणको छायाङ्कन काठमाडौँ, भक्तपुर, कीर्तिपुर, दोलखा, पोखरा र मुस्ताङमा हुनेछ । छायाङ्कनका लागि अभिनेत्री श्रीया शरणसहित कलाकारको टोली आइतबार नै काठमाडौँमा आइपुगेको थियो । १६ दिनसम्म छायाङ्कन चल्नेछ ।
भारतका तामिल, कन्नडा, मलायलम र हिन्दी भाषी फिल्ममा चर्चित जगपतिले ‘पुष्पा २’मा मुख्यमन्त्रीको भूमिका निर्वाह गरेका छन् ।
प्रतिक्रिया