बाबु बन्दै 'बले'

कलाकार सागर लम्साल ‘बले’ बाबु बन्ने भएका छन् । असार ३० गते उनले झापाकी स्नेहा दंगालसँग लगनगाँठो कसेकोमा हाल स्नेहा ५ महिनाकी गर्भवती छिन् । पेसाले नर्स स्नेहा यति बेला घरमै आराम गरिरहेकी छिन् । 

टेलिभिजनबाट ठुलो पर्दामा होमिएका  उनले ‘डल्लेले इन्ट्री मार्‍यो’मा ३५ लाख रुपैयाँ पारिश्रमिक लिएर साइन गरेको कुरा बाहिर आएको थियो । उनको मुख्य भूमिका रहेको कथानक फिल्म ‘लाज शरणम’ शिवरात्रिदेखि रिलिज हुँदै छ । यसबाहेक टिभी शृङ्खला ‘सक्किगो नि’ले उनलाई लोकप्रियता दिलाइरहेको छ ।