‘रंगी’ ट्रेलरमा बाबु र छोरीको माया र भावनात्मक सम्बन्धको कथा

फागुनको २ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘रंगी’को ट्रेलर आज सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बाबु र छोरीको प्रेम र आत्मियताले भरिएको ट्रेलर सार्वजनिक गरिएको हो । नायक सलोन बस्नेत प्रस्तुतकर्ता रहेको यो फिल्मले दर्शकलाई भावुक बनाउन सक्छ ।

ट्रेलरमा नायिका नम्रता श्रेष्ठलाई पनि मुख्य भूमिकामा देख्न सकिन्छ । फिल्ममा नम्रताको सम्बन्ध सलोन र आयुषीसँग देखाइएको छ । यसले पनि दर्शकलाई ट्रेलरको रोचकता थाहा हुनेछ । ट्रेलर रिलिज कार्यक्रममा निर्मात्री करिश्मा केसी बस्नेतले बाबु र छोरीको मायाको परिभाषालाई फरक ढंगले प्रस्तुत गरिएको बताइन् । यस्तै, निर्माता तथा नायक सलोन बस्नेतले ‘रंगी’लाई संघर्ष र मायाको कथाको रुपमा वुझ्न आग्रह गरेका छन् ।

फिल्मका डेब्यू निर्देशक सुरेश न्यौपानेले यो एक फिल्म मात्र नभएर भावनासमेत रहेको दाबी गरे । नायिका नम्रता श्रेष्ठले कुनै दबाब नझेली आफूले काम गरेको बताइन् । फिल्ममा दिलीप रायमाझी, उत्तम केसी, सुमिन गुरुङ र विशाल पहारीको पिन अभिनय छ ।

सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतमको निर्माण रहेको यो फिल्ममा सुजन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेष भण्डारी र भीम बीसीको संगीत, बन्दे प्रसादको सम्पादन, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी छ ।