‘मिस्टर एन्ड मिस नेशनल नेपाल’ को चौथो सँस्करणको घोषणा
‘मिस्टर एन्ड मिस नेशनल नेपाल’ को चौथो सँस्करण हुने भएको छ। काठमाडौंमा एक कार्यक्रमबीच चौथो संस्करणको घोषणासहित अडिसनबारे जानकारी दिइएको हो। सनुर्वी इन्टरनेसनलका सञ्चालक तथा मिस्टर एन्ड मिस नेशनलका राष्ट्रिय आयोजक डाक्टर सन्तोष उपाध्यायले चौथो संस्करणसम्म आइपुग्दा निकै खुसी लागेको बताए।
‘मिस्टर एन्ड मिस नेशनल नेपाल २०२५’ को मुख्य प्रायोजक नोभेम्बर क्लोथिङ रहेको छ। सनुर्वी इन्टरनेसनलले आयोजक रहेको प्रतियोगिताको अडिसन फेब्रुअरी १५ अर्थात् फागुन ३ गतेबाट सुरु हुनेछ। मार्च २ सम्म चल्ने अडिसन काठमाडौं उपत्यकासहित विराटनगर, पोखरा, इटहरी, चितवन, नेपालगञ्ज र धनगढीमा हुनेछ। काठमाण्डौंमा हुने अडिसनमा भने मिस ग्लोबकी विजेता डायना आउनेछिन्। उनले फेब्रुअरी ११ देखि १६ सम्म हुने अडिसनमा जजको रुपमा सहभागिता जनाउनेछिन्। साथै यस प्रतियोगिताले वर्ल्ड युथ फेस्टिभलसँग सहकार्य गर्दें काभ्रेपलाञ्चोकमा अन्तर्राष्ट्रिय स्तरको फेसन रनवे शो पनि गर्दैछ। जुन जलवायु परिवर्तनको जनचेतनाका लागि हुनेछ।
मिस्टर एन्ड मिस नेशनलभित्र ६ वटा अन्तराष्ट्रिय फ्रेन्चाइज छन्। मिस सुप्रा नेशनल, मिस ग्लोब नेपाल, मिस्टर सुप्रा नेशनल, मिस इन्टरकन्टिनेन्टल, मिस्टर इन्टरनेशनल, मिस्टर टुरिजम वर्ल्ड रहेका छन्। जुन मिस्टर एण्ड मिस नेशनल नेपालकै सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिता हो।
यसअघि मिस्टर एण्ड मिस नेशनल २०२४ प्रतियोगितामा सजिना खनाल मिस सुप्रा नेशनल र धीरजकाजी बस्नेत मिस्टर सुप्रा नेशनल बनेका थिए। त्यस्तै, मिस ग्लोब नेपाल मोनिका अधिकारी, मिस इन्टरकन्टिनेन्टल नेपाल आयुष्नोभा ढुंगाना, क्षितिज श्रेष्ठ क्षेत्री मिस्टर इन्टरनेशनल नेपाल र मिलन भट्टराई मिस्टर टुरिजम वर्ल्ड भएका थिए ।
पोल्याण्ड भएको मिस्टर सुप्रा नेशनल धीरजकाजी बस्नेत टप २०, मिस सुप्रा नेशनल सजिना खनाल इन्फुलुएन्सर विधाको टप ६ मा पुगेकी थिइन्। अल्बेनियामा मिस ग्लोब नेपाल मोनिका अधिकारी टप १५ स्थान हासिल गरिन्। साथै इजिप्टमा भएको मिस इन्टरकन्टिनेन्टल आयुष्नोभा ढुंगाना र थाइल्याण्डमा भएको मिस्टर इन्टरनेशनल क्षितिज श्रेष्ठ क्षेत्रीले प्रतिनिधित्व जनाएका थिए। त्यसैगरी, फेब्रुअरी १० भियतनाममा हुने मिस्टर टुरिजम वर्ल्डका लागि मिलन भट्टराई नेपालबाट सहभागी हुँदैछन्।
- #nepali movie
- #nepali movie
- #bollywood
- #music video
- #durgesh thapa
- #fashion show
- #bijaya baral
- #Kunsang Bomjan
- #bimaalraj chetri
प्रतिक्रिया