मण्डलामा ‘मुक्कुम्लुङ’को मञ्चन सुरु
लिम्बू समुदायको सांकृतिक धरोहर र इतिहास झल्काउने नाटक ‘मुक्कुम्लुङ’को मञ्चन सुरु भएको छ । थापागाउँस्थित मण्डला थिएटरमा शुक्रबारदेखि यो नाटकको नियमित मञ्चन हुनेछ ।
यो नाटकले मुजिङ्ना खेयङ्नाका माध्यमबाट किराँत समुदायको प्रारम्भिक मानव सभ्यता, याक्थुङ प्रकृतिसँगको सम्बन्ध र उनीहरुले भोगेका संघर्षलाई चित्रण गर्नेछ ।
यस्तै, यो नाटकले मुक्कुम्लुङमा आधुनिकताले ल्याएको संकट र आफ्नो अस्तित्व जोगाउन गरिएको प्रयासलाई पनि प्रस्तुत गरेको छ । यो नाटकको बिहिबार मण्डलामा प्रिमियर गरिएको थियो ।
एक थिएटर नेपालको सहकार्यमा चुलाचुली रङ्गमञ्चको प्रस्तुति रहेको नाटक माघको २७ गतेसम्म मञ्चन हुनेछ । अनिल सुब्बाको परिकल्पना तथा निर्देशनमा रहेको नाटक सोमबारबाहेक हरेक साँझ ५ बजे र शनिबार दिउँसो अतिरिक्त १ बजे पनि मञ्चन हुनेछ ।
यो नाटकमा विष्णु मोक्तान, वेदना राई, सुरज तमु, प्रतिना राई, मानहाङ लावती, शोभा लिम्बु, सौजन सेनेहाङ लगायतका कलाकारहरुको अभिनय छ ।
- #nepali movie
- #nepali movie
- #bollywood
- #nepali movie
- #aakash shrestha
- #Melina Rai
- #melina rai
- #natak
प्रतिक्रिया