७ सय करोड कमाउने पहिलो हिन्दी फिल्म बन्यो ‘पुष्पा २’

अल्लु अर्जुन र रश्मिका मन्दना अभिनित फिल्म ‘पुष्पा २’ले हिन्दी भाषामा नयाँ रेकर्ड बनाएको छ । यो फिल्मले भारतीय बक्स अफिसमा ७ सय करोड क्लबको आँकडा पार गरेको छ । यसअघि कुनै पनि फिल्मले ७ सय करोड क्लबको आँकडा पार गर्न सकेको थिएन । यसअघि ६ सय करोडको आँकडा हिन्दी फिल्म ‘स्त्री २’ले पार गरेको थियो । 

यो फिल्मले तेस्रो साताको शुक्रबार १२.५० करोड, शनिबार २०.५० करोड र आइतबार २७ करोड र सोमबार ११.७५ करोडको कमाई गरेको छ । फिल्मले हालसम्म हिन्दी भाषामा मात्र ७०४.२५ करोड कमाई गरेको भारतीय मिडियाले जानकारी दिएका छन् । 

विश्व बजारमा पनि यो फिल्मले आक्रामक कमाई गरिरहेको छ । फिल्मले उच्च कलेक्शन गर्दा पनि यसका कलाकारहरूले सेलिव्रेशन भने गर्न पाएका छैनन् । अल्लु अर्जुन एउटा मुद्दामा फस्दा उनीहरुले खुलेर सेलिव्रेशन गर्न नपाएका हुन् ।