हेम प्रभासको कवितासंंग्रह ‘साँझमा सेल्फी’ लोकार्पण

उपन्यासकार हेम प्रभासको कवितासंंग्रह ‘साँझमा सेल्फी’ लोकार्पण गरिएको छ । काठमाडौंमा बिहीबार एक कार्यक्रमबीच कवि, मदन पुरस्कार विजेता डा. नवराज लम्साल, कवि श्रवण मुकारुङ, कलाकार सरोज खनाल, प्रकाशक पुष्पराज पौडेल, कवि हेम प्रभासलगायतले उक्त कृतिको संयुक्तरूपमा लोकार्पण गरेका हुन् ।
कार्यक्रममा कवि नवराज लम्सालले कवितामाथि समीक्षा गर्दै हेमलाई कविता कृतिको सफलताको शुभकामना दिँदै सबै कविता उत्कृष्ट रहेको र किताब सबैका लागि उपयोगी हुने बताए ।
कवि हेम प्रभासले आफू विगत दुई दशकदेखि कविता साधनारत रहेको र उक्त साधनाबाट प्राप्त प्रतिफल नै साँझमा सेल्फी विगत एक दशकमा लेखिएका बिल्कुलै नयाँ कविताको सङ्ग्रह रहेको बताए ।
कवि ठाकुर बेलवासे, कवि सोझो गाउँले, कवि रिमा केसी, शंकर तिवारीले कविता वाचन गरेका थिए । कलाकार सरोज खनालले कविता सङ्ग्रहमा रहेको कवितामाथि नाट्य प्रस्तुति गरेका थिए । कवि श्रवण मुकारुङले कविता राम्रो रहेको र कविता कृतिबाट धेरै आशा गरेको बताए ।

एडीबी-नेपाल सहकार्यका ५ दशकबारे फोटो प्रदर्शनी

'डोटी साहित्य उत्सव-२०८१'बाट पदमराज जोशी र निर्मलकुमार भण्डारी सम्मानित हुने

लोकगायक एवं संस्कृत विद् यज्ञराज उपाध्यायलाई यशश्वी प्राज्ञ पुरस्कार प्रदान

‘खुल्ला कविता प्रतियोगीता’ आयोजना हुने

सागर खड्काको नयाँ उपन्यास ‘राइपाली भञ्ज्याङ’ लोकार्पण

पाँचौँ बाह्रखरी कथा लेखन प्रतियोगिताका लागि कथा आह्वान, प्रथमलाई एक लाख पुरस्…

मदन पुरस्कारका लागि पाँच उत्कृष्ट कृति सार्वजनिक

प्रतिक्रिया