लोकगायक एवं संस्कृत विद् यज्ञराज उपाध्यायलाई यशश्वी प्राज्ञ पुरस्कार प्रदान

काठमाडौं-कलिङ लिटेटरी फेस्टिभलमा लोकगायक एवं संस्कृत विद् यज्ञराज उपाध्यायलाई यशश्वी प्राज्ञ पुरस्कार प्रदान गरिएको छ। हिमालय होटलमा आयोजित समारोहबीच उपाध्यायलाई काली-कर्णालीको लोकसाहित्य ग्रन्थका लागि २० हजार राशिको यशश्वी प्रज्ञा पुरस्कार तथा यशश्वी बुक अवार्ड २०२४ अर्पण गरिएको हो।
काली-कर्णालीको लोकसाहित्य तथा संकृतिको लामो खोज तथा अनुसन्धानबाट उत्खनन तथा प्रारुप सामग्री एकितृत गरी उपाध्यायले विशद ग्रन्थ प्रकाशित गरेर नेपाली लोकसाहित्यमा ठूलो योगदान पुर्याएको भन्दै आयोजकले उनलाई सम्मान गरिएको जनाएको छ।
९८४ पृष्ठको ग्रन्थमा काली-कर्णाली क्षेत्रको लोकसाहित्य, लोकसंस्कृति, लोकगीत र संगीतका सबै क्षेत्रको विश्लेषण गरिएको छ। सम्मान कार्यक्रमका वक्ताहरूले ग्रन्थ काली-कर्णाली क्षेत्रको लोकसाहित्य र संस्कृतिको एतिहासिक दस्तवेज भएको बताएका थिए। उनीहरूले पुस्तक अध्ययन गर्दा सिंगो काली-कर्णाली क्षेत्रलाई बुझ्न सकिने धारणा राखेका थिए।
उपाध्याय राईझुमा जस्तो लोकप्रिय लोकदेउडा गीतका स्रष्टा हुन्। भव्य समारोहबीच सम्मानित हुन पाउँदा खुसी र जिम्मेवारी दुवै थपिएको उनले बताए।

एडीबी-नेपाल सहकार्यका ५ दशकबारे फोटो प्रदर्शनी

हेम प्रभासको कवितासंंग्रह ‘साँझमा सेल्फी’ लोकार्पण

'डोटी साहित्य उत्सव-२०८१'बाट पदमराज जोशी र निर्मलकुमार भण्डारी सम्मानित हुने

‘खुल्ला कविता प्रतियोगीता’ आयोजना हुने

सागर खड्काको नयाँ उपन्यास ‘राइपाली भञ्ज्याङ’ लोकार्पण

पाँचौँ बाह्रखरी कथा लेखन प्रतियोगिताका लागि कथा आह्वान, प्रथमलाई एक लाख पुरस्…

मदन पुरस्कारका लागि पाँच उत्कृष्ट कृति सार्वजनिक

प्रतिक्रिया