एलिना रुँदा सामाजिक संजालमा हंगामा किन ?

अष्ट्रेलियामा रहेकी गायिका एलिना चौहान फेरि एकपटक चर्चामा आइन् । सामाजिक संजालमा पोष्ट गरेको एक भिडियोका कारण उनको निकै चर्चा भयो । 

एलिनाले एक हिन्दी गीत मन परेपछि भिडियो बनाइन् । उनले, इन्स्टाग्राममा पोष्ट गरेको उक्त भिडियोले धेरैको ध्यान तान्यो । 

एलिनाले रुँदै भिडियो बनाएकी थिइन् भने उनको अनुहारमा दाग थियो । कसैले कुटेर रोएको अभिनय गर्दै उनले भिडियो बनाइन् । यसपछि त अधिकांशले एलिना र उनका श्रीमान् विष्णु सापकोटाबीच झगडा पो भयो भनेर अड्कल लगाए । सामाजिक संजालमा अधिकांशले उनलाई श्रीमान्सँग झगडा परेको हो भनेर प्रश्न गरे । 

सामाजिक संजालमा टिप्पणी धेरै भएपछि एलिनाले स्पष्टीकरण नै दिइन् । उनले, आफूलाई गीत मन परेकाले भिडियो बनाएको भन्दै अन्य कुरा नसोच्न सबैलाई आग्रह गरिन् । यसपछि, बल्ल प्रतिक्रिया दिनेहरू मत्थर भएका थिए । 

एलिना सामाजिक संजालमा केही न केही बोलेर वा भिडियो बनाएर चर्चामा रहन्छिन् । यस अगाडि पनि ‘कट्टा हान्दिन्छु’ बोलको गीत हिट बनाउन उनले विष्णुसँग ब्रेकअप भएको चर्चा चलाएकी थिइन् । पछि यी दुईले बिहे गरेका थिए ।