१३ औं ‘लिटिल प्रिन्स एन्ड प्रिन्सेस इन्टरनेशनल २०२४’का विजेता घोषित
१३ औं ‘लिटिल प्रिन्स एन्ड प्रिन्सेस इन्टरनेशनल २०२४’का विजेता घोषित गरिएको छ । विजेता हुनेमा नमन उप्रेती, अभिमान दाहाल, डिजाश्री थापा र रायना बुढाथोकी शीर्ष विजेता घोषित भएका छन् ।
शनिवार जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा जुनियर ब्वाईज, जुनियर गर्ल, सिनियर ब्वाईज र सिनियर गर्ल गरेर चार विजेता घोषित गरिएको हो । प्रतियोगितामा नमनले जुनियर ब्वाइज, अभिमानले सिनियर ब्वाइज, डिजाश्रीले जुनियर गर्ल र रायनाले सिनियर गर्लको उपाधि हात पारे ।
आयोजित प्रतियोगितामा जुनियर ब्वाइजतर्फ सार्थक बस्नेत फस्ट रनर अप, अद्विक श्रेष्ठ सेकेन्ड रनर अप, प्रत्युस बास्कोटा थर्ड रनर अप हुँदा सिनियर ब्वाइजतर्फ आरभ गौतम फस्ट रनर अप, सौगात घिसिङ सेकेन्ड रनर अप र कृतज्ञ डंगोल थर्ड रनर अप भएका हुन् ।
चाँदश्री पाण्डे फस्ट रनर अप, प्रविष्टी सपुत सेकेन्ड रनर अप र सुशाशिका घर्तीमगर थर्ड रनर अप बन्दा सिनियर गर्लतर्फ श्रेयानी पाठक फस्ट रनर अप, पौरवी विष्ट सेकेन्ड रनर अप र सौर्य पाण्डे थर्ड रनर अप जुनियर गर्लतर्फ छानिएका हुन् ।
डेढ दशकदेखि गुणस्तरीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आएका राज फैलुले बालबालिकाको प्रतिभा निखार्दै उनीहरूलाई भविष्य निर्माणमा सक्षम बनाउने उद्देश्यले आयोजना गरिएको जनाए।
प्रतिक्रिया