पल शाहको बलात्कार मुद्दामा सर्वोच्च अदालतले उच्चको फैसलामाथि उठाएका यी प्रश्न

अभिनेता पूर्णविक्रम शाह उर्फ पल शाहलाई सर्वोच्च अदालतले नाबालिका बलात्कार मुद्दामा सफाइ दिने उच्च अदालत पोखराको फैसलालाई फेरि हेर्ने भएको छ ।
महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतमा दोहोर्याएर हेरि पाउँ भन्दै दिएको निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश सुष्मालता माथेमा र हरि फुयाँलको संयुक्त इजलासले उच्च अदालतको उक्त फैसला पुन हेर्न अनुमति दिएको हो ।
सर्वोच्चले उच्च अदालतका तत्कालीन कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले पल शाहलाई सफाइ दिने फैसलामाथि परेको निवेदनमा मंसिर २२ गते सुनुवाइ गर्दै पुनः हेर्ने अनुमति प्रदान गरेको हो।
सर्वोच्चले आफ्नो सुनुवाइमा सो फैसलामा पल शाह विरुद्ध रहेका प्रमाणको मुल्यांकन राम्रोसँग नगरेको, कानुनहरूको व्याख्या त्रुटी पूर्ण तरिकाले गरेको र नाबालिग बलात्कारका मुद्दामा सर्वोच्च अदालते प्रतिपादन गरेका सिद्धान्तको प्रतिकुल हुने गरी सफाइ दिएको भन्दै दोहोर्याएर हेर्न लागेको हो ।
‘यसमा पीडित नावालक रहेको देखिएकोले पीडितको बकपत्र र प्रतिवादीको बयान तथा शारीरिक परीक्षण प्रतिवेदन तथा चिकित्सकको बकपत्र, पीडित र प्रतिवादी बीचको अडियो रेकर्ड र त्यसको प्रतिवादीबाट अदालतको बयानको स.ज.११ मा गरेको स्वीकारोक्ति समेतका प्रमाणको समुचित मूल्यांकन नगरी भएको उच्च अदालत पोखराको फैसलामा प्रमाण ऐन तथा मुलुकी अपराध संहिताको व्याख्यात्मक त्रुटी र सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त समेतको प्रतिकूल भएकाले प्रस्तुत मुद्दा दोहोर्याइ हेर्ने अनुमति प्रदान गरिएको छ,’ सर्वोच्च अदालतको आदेशमा लेखिएको छ।
नवलपुर जिल्ला अदालतले पल शाहलाई सफाइ दिने फैसलाविरूद्ध सरकारी वकिलले उच्च अदालतमा निवेदन दिएको थियो।
नवलपुर अदालतले बाल यौन दुरुपयोगमा अभिनेता शाहलाई २ वर्ष ६ महिना कैद सजाय, २५ हजार जरिवाना र पीडितलाई १० लाख क्षतिपूर्ति दिनुपर्ने फैसला भएको थियो।
यस फैसलाविरूद्ध सरकारी वकिलसँगै पलले पनि निवदेन दिएका थिए। दुवै निवेदन सँगै राखेर हेरेको उच्च अदालतले पल शाहलाई पूर्ण सफाइ प्रदान थियो।
शाहले आफूमाथि २०७८ फागुन ११ गते तनहुँमा र फागुन १५ गते नवलपुर प्रहरीमा सुटिङका क्रममा बलात्कार गरेको भन्दै नाबालिकाले उजुरी गरेकी थिइन्। तर अदालतमा बकपत्र गर्ने क्रममा उनले आफूमाथि बलात्कार नभएको भन्दै बयान फेरेपछि उच्च अदालतले नाबबालिकाको बकपत्रमाथि टेकेर शाहलाई सफाइ दिने फैसला गरेको थियो ।
सो मुद्दामा शाहले जिल्ला अदालत तनहुँबाट पनि सफाइ पाइसकेका छन्।
सफाइ पाउने फैसलापछि नाबालिकाले एक टेलिभिजन अन्तरवार्तामा आफू गलत नभएको र शाहको माया लागेर बयान फेरेको स्वीकार गरेकी थिइन् ।
उनले घटनामा आफू गलत नभएको बताएकी थिइन्। उनले बकपत्र फेरेपछि उनीलाई होस्टाइल बनाइएको धेरैको बुझाइ छ ।
सर्वोच्च अदालतले मुद्दा दोहोर्याएर हेर्न अनुमति पाएसँगै अब उनलाई थुनामै राखे अनुसन्धान गर्न आदेश दिन सक्छ। यसरी उनी पुनः जेल जानसक्ने सम्भावना देखिएको छ।

‘सोल्टिनी’को छायांकन ३६ दिनमा प्याकअप

दिव्यासँग प्रदिपः के बल्ल जोडी सुहाएको हो ?

‘परालको आगो’मा जितु नेपालको इन्ट्री

शिव रेग्मीकी भान्जी ‘हर्ष’ बनाउँदै, खगेन्द्र र आँचलको जोडी देखिने

मायाको प्रतिक हो ‘मायाबी’: दिवाकर भट्टराई

उस्तै नाममा रिलिज भइसकेका छन् दर्जन बढी फिल्म

‘जुना’को टिजरमा छोरीको व्यथाको कथा

प्रतिक्रिया