‘एनिमल’ रिलिजपछि सोसल मिडियामा भाइरल भैरहेकी तृप्ति डिमरी

फिल्म ‘एनिमल’ रिलिज भएपछि एक जना सुन्दरी सामाजिक संजालमा भाइरल छिन् । यसअघि केही फिल्ममा अभिनय गरेकी यी सुन्दरीलाई ‘एनिमल’ रिलिज भएपछि भने दर्शकहरुले अझै नजिकबाट चिनेका छन् । गुगलमा पनि उनको खोजी बढेको छ । उनको नाम हो, तृप्ति डिमरी । 

यो फिल्ममा मुख्य नायिकाको भूमिकामा रश्मिका मन्दनाको अभिनय छ । तर, फिल्म रिलिज भएपछि तृप्तिको चर्चा बढी भइरहेको छ । 

यो फिल्ममा उनी निकै नै बोल्ड अवतारमा देखिएकी छिन् । यो फिल्ममा उनको र रनविर कपुरको बोल्ड दृश्य छायांकन गरिएको छ । उनी र रनविर बीचको चुम्बनको दृश्यले पनि हलमा राम्रै हुटिङ पाइरहेको छ । 

विशेषगरि, फिल्ममा तृप्तिलाई एक दृश्यमा न्यूड देखाइएको छ । फिल्ममा उनले दिएको यस्तै बोल्ड दृश्यका कारण उनको चर्चा बढेको हो । 

उसो त, तृप्तिले फिल्म ‘पोष्टर बोइज’बाट बलिउडमा करिअर सुरुवात गरेकी हुन् । यसपछि, उनले ‘लैला मज्नु’मा काम गरिन् । उनको अभिनयको तारिफ भने ‘बुलबुल र क्वाला’बाट सर्वाधिक भयो । तर, आम दर्शकको नजरमा भने उनी बल्ल परेकी छिन् ।