रानी र बिजयको ‘लाउँदैन र माया’मा विना र निक्सको रोमान्स

अमेरिकामा रहेर निरन्तर गायन क्षेत्रमा सक्रिय छिन् रानी शाक्य । उनले सार्वजनिक गर्ने फरक फरक शैलीका गीतले दर्शकको साथ पाउँदै आएका छन् ।
यसैबिच, उनै गायिका शाक्य र गायक सीडी बिजय अधिकारीको स्वरमा ‘लाउँदैन र माया’ बोलको रोमान्टिक गीत सार्वजनिक भएको छ । यो गीतमा गौरी काफ्ले र सीडी बिजय अधिकारीको शब्द, अधिकारीकै संगीत छ ।
यो रोमान्टिक गीत कर्णप्रिय पनि छ । यसको भिडियोलाई झनै आकर्षक बनाइएको छ । प्रहिल कार्कीको निर्देशनमा तयार भएको यो गीतको भिडियोमा निक्स शर्मा र मोडल विना राउतको रोमान्टिक अवतार हेर्न सकिन्छ । फिल्मी शैलीको लाग्ने यो गीतको भिडियोमा माधव बेलवासेको सम्पादन, उत्तम हुमागाँइको छायांकन छ ।
फरक फरक शैलीका गीत दर्शकमाझ ल्याउन माहिर मानिएकी गायिका रानी शाक्यले यसपटक रोमान्टिक गीत तिहारको उपलक्ष्यमा दर्शकलाई उपहार स्वरुप सार्वजनिक गरेकी हुन् ।

राजेश घिमिरेको ‘तिम्रो निम्ति’ सार्वजनिक
‘तिम्रो मनमा लुकेको कुरा’ को रिमेक सार्वजनिक

उषासँग राजुको ‘घर नभाको मान्छे’

आरिफ रफको ‘आउँछौ कि भनेर’ सार्वजनिक

प्रमोद खरेलको स्वरमा ‘अर्कैको सिन्दुर लायौ’

हायात ग्राउन्डमा गुञ्जिदै अरिजीत सिंह, १८ हजार टिकट बिक्री

गीतकार सरला श्रेष्ठका गीतहरू समावेश ‘शारदा’ को विशेषांक लोकार्पण

प्रतिक्रिया