चार सहरमा एक्सिस व्याण्डले कन्सर्ट गर्ने

देशका प्रमुख चार सहरमा सांगीतिक व्याण्ड एक्सिसले कन्सर्ट गर्ने भएको छ । ‘एक्सिस नेपाल टुर’ नाम दिइएको व्याण्डको कन्सर्ट ललितपुर, भक्तपुर, दमक र काठमाडौंमा हुन लागेको हो ।
पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क(पीभीइ नेटवर्क)को प्रस्तुति रहने कन्सर्टमा व्याण्डले ‘तिमी फेरी आउन’, ‘अधुरो प्रेम’, ‘मुस्कान’, ‘मेरो प्रेम’, ‘हे मोरी’, ‘सात समुन्द्र’ र ‘घर गाउँ’ लगायतका गीत सुनाउनेछ ।
दशैं अघि पोखरा, चितवन, बुटवल र झापामा कन्सर्ट गरेको ब्याण्डले आउँदो शनिबार अर्थात नोभेम्बर ४ मा ललितपुरको अपटाउन झम्सिखेलबाट कन्सर्टको सुरुवात गर्नेछ । व्याण्डका अनुसार कन्सर्ट हेर्न चाहने दर्शकले इ–सेवाबाट टिकट लिन सक्नेछन् ।
कन्सर्टमा एक्सिसले पछिल्लो रिलिज ‘पाइला’ पनि दर्शकलाई सुनाएको थियो । सबै कन्सर्ट हाउसफूल भएका थिए ।
पीभीई नेटवर्कका विकेश कायस्थका अनुसार दशैं अघिको कन्सर्ट निकै सफल भएको थियो । यो कन्सर्टका भिडियो क्लिपहरु टिकटकमा भाइरल भएका थिए । ‘अबको कन्सर्टमा पनि दशैं अघिको भन्दा अझ राम्रो संख्यामा दर्शकको साथ पाउनेमा ढुक्क छौं’, उनले भने, ‘कन्सर्टको बीचमा भारतमा पनि कार्यक्रम गर्दा दर्शकको साथ राम्रो पायौं । सबै ठाउँमा इभेन्टका टिकट बिक्री भएकाले दर्शक उल्लेख्य थिए ।’

राजेश घिमिरेको ‘तिम्रो निम्ति’ सार्वजनिक
‘तिम्रो मनमा लुकेको कुरा’ को रिमेक सार्वजनिक

उषासँग राजुको ‘घर नभाको मान्छे’

आरिफ रफको ‘आउँछौ कि भनेर’ सार्वजनिक

प्रमोद खरेलको स्वरमा ‘अर्कैको सिन्दुर लायौ’

हायात ग्राउन्डमा गुञ्जिदै अरिजीत सिंह, १८ हजार टिकट बिक्री

गीतकार सरला श्रेष्ठका गीतहरू समावेश ‘शारदा’ को विशेषांक लोकार्पण

प्रतिक्रिया