लाङटाङमा पहिलो पटक म्युजिक भिडियो छायांकन

लाङटाङ नेपालको राजधानी काठमाडौंबाट पश्चिममा रसुवा जिल्लामा रहेको तथा तिब्बत सँग जोडिएको एक क्षेत्र हो। यो क्षेत्रमा लाङटाङ राष्ट्रिय निकुञ्ज, लाङटाङ लिरुङ हिमाल, गोसाइँकुण्ड जस्ता पर्यटकीय स्थलहरू रहेका छन।

समुन्द्री सतहबाट ३ हजार ८ सय ५० मिटर उचाइमा अवस्थित लाङटाङमा पहिलो पटक म्युजिक भिडियो छायांकन गरएको छ ।

विगत १५ वर्ष देखि निरन्तर सांगितिक क्षेत्रमा सक्रिय भइरहेका गायक किरन भुजेल र निर्देशक तथा कोरियोग्राफर केशव राज भट्ट रसुवाको लाङटाङमा पहिलो पटक म्युजिक भिडियो छायांकन गर्न पुगेका हुन् ।

म्युजिक भिडियो छायांकन गर्न पुगेका निर्देशक केशवराज भट्ट कलाकार तथा गायक किरन भुजेल, कलाकार सोफि धरेल , अश्विन मगर , गौरभ मगर, सुस्मिता लामा, लगायत छायाकार प्रकाश खडका शृङ्गार मा कवीन्द्र खडका रहेका छन् ।  

उनले उचाइको हिसाबले लगभग ४००० मिटर रहेको क्यान्जिङ , क्यान्जिङ रि सम्म छायांकन भएको बताएका छन् । 

पहिलो पटक म्युजिक भिडियो छायांकन भएको भन्दै पूर्व वडा अध्यक्ष सुप्पा लामा तथा समाजसेवी जङ्बो लामा लगायत त्यहाँका स्थानीय बासिन्दाहरूले उक्त छायांकनले लाङटाङमा अझै पर्यटक भित्रिने कुरामा विश्वस्त छन् ।