दावाको झम्के बुलाकी

गायक दावा तामाङको स्वर, शब्द र संगीत रहेको गीत ‘झम्के बुलाकी’ को भिडियो सार्वजनिक भएको छ । गीतमा पुरुषोत्तम सुवेदीको एरेन्ज, राजेस्ट श्रेष्ठ र दिल समर्पणको रेकर्ड तथा किशोर थापाको मिक्सिङ र मास्टरिङ छ । भिडियोमा अभिषेक श्रेष्ठ र करिश्मा श्रेष्ठ फिचर्ड छन् ।

दुवैलाई रोमान्टिक भावमा देखाइएको छ । गायक दावाले पहिलोपटक यो गीतमा संगीत भरेका हुन् ।

भिडियोमा उकेशन चन्द्र गुरुङको मेकअप, प्रशान्त मगरको सहायक कोरियोग्राफी, विनोद लामाको सह–छायांकन, सुभम भुजेलको कोरियोग्राफी, दिपु कृष्ण डंगोल(दीप्सन)को छायांकन, विवेक सुनाको सम्पादन, श्याम कुँवरको कलर, हरि महर्जन (हेरी)को क्रिएटिभ निर्देशन र कुवेर तामाङको निर्देशन छ ।

भिडियोको निर्माता टंक पौडेल र नेहा क्षेत्री हुन् ।