ऋचा र जेकेको ‘मन्द मन्द मुस्कान’ सार्वजनिक

गीतकार सुजन अनिमेष अधिकारीको शब्द रहेको ‘मन्द मन्द मुस्कान’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । दीपेन्द्र थिङको संगीत तथा सुमन केसीको एरेन्ज रहेको गीतमा जेके जगत र अनु चौधरीको युगल स्वर रहेको छ ।

 
 मदन खड्काले निर्देशन गरेका म्युजिक भिडियोमा मकवानपुर जिल्लाकाका पर्यटकीय गन्तव्य चित्लाङ र कुलेखानी क्षेत्रका दृश्यलाई कैद गरिएको छ । गीतको म्युजिक भिडियोमा गायक जेके जगत र ऋचा थापाको अभिनय रहेको छ । 

 भिडियोलाई  विकेश ज्ञवालीले  सम्पादन गरेका हुन् भने  राजेश घिमिरेले छायांकन गरेका हुन् ।