रानी र राजनको दशैं विशेष ‘मन परेसी’मा दीपा र सन्दीपको छमछमी

 

आजबाट दशैंको उमंग नेपालीहरुको घरमा प्रवेश गरेको छ । दशैंको उमंगले छोएसँगै नेपाली गीतसंगीतमा पनि महान् पर्व लक्षित गीतहरु सार्वजनिक हुन थालेका छन् । यसैबिच, गायीका रानी शाक्य र सङ्गीतकार तथा गीतकार राजनराज शिवाकोटीको यूगल गायनमा नयाँ गीत सार्वजनिक गरिएको छ । दशैं विशेष भन्दै सार्वजनिक गरिएको ‘मन परेसी’ बोलको गीतमा राजनराज सिवाकोटीको संगीत, देवेन्द्र केसीको शब्द छ । 

यो गीतको भिडियोमा कलाकार दीपाश्री निरौलाको साथमा कमेडियन सन्दिप क्षेत्री, मोडलद्धय सरोज राणा प्रजा र आभा थापाको अभिनय हेर्न सकिन्छ । भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी तथा निर्देशन गरेका हुन् भने सुदीप बरालले यसलाई छायांकन गरेका हुन् । 

प्रवीण ढकालको कलरिङ रहेको भिडियोमा बन्दे प्रसादको सम्पादन छ । भिडियोलाई निकै नै आकर्षक बनाइएको छ । यो भिडियो तथा गीतले दर्शकको मन जित्ने विश्वास लिइएको छ ।