किरण गजमेरले सार्वजनिक गरे ‘अजात’

‘द भ्वाइस अफ नेपाल ३’का विजेता किरण गजमेरले ‘अजात’ बोलको गीत सार्वजनिक गरेका छन् । विकु दादाको शब्द रहेको गीतमा किरणको नै संगीत छ।  प्रेममा न उमेर न जातले छेक्छ भन्ने संदेश बोकेको पूर्वेली भाकाको भिडियोलाई मौशम हिमालीले निर्देशन गरेका छन् ।

मौसमको नै कोरियोग्राफी रहेको भिडियोमा किरण गजमेर र विम्बु मगर फिचर रहेका छन्।  नवराज उप्रेतीले खिचेको भिडियोलाइ मनोज कार्कीले सम्पादन गरेका छन् ।

भिडियोलाई दर्शकले माया गरिरहेका छन् । किरणले विशेषगरि माया र प्रेमले भरिएका गीतहरु बजारमा ल्याउँदै आएका छन् ।