यस्तो बन्यो मेलिना र ताराको 'कसरी'

गायिका मेलिना राई तथा गायक तारा तिवारीको युगल स्वरमा ‘कसरी’ बोलको गीत रिलिज भएको छ ।

ओएसआर डिजिटलबाट सार्वजनिक भएको यो गीतमा गायक तिवारीकै संगीत छ भने गोपाल रसाईलीको संगीत संयोजन तथा विश्वास लामाको शब्द छ ।
कुबेर तामाङको निर्देशनमा बनेको यो रोमान्टिक गीतका आकर्षक म्युजिक भिडियोमा गायक तिवारीसंगै सुनिता गुरुङ फिचर भएकी छन् । 
सुदिप राना मगर यो भिडियोका कोरियोग्राफर हुन्, जसलाई दिपे कृष्ण डंगोल (दिप्सन) ले छायांकन गरेका छन् । 

विवेक सुनार यो भिडियोका सम्पादक हुन् ।