कमलले ल्याए 'नाच छौंडी नाच', मोडल बनिन् मेलिना

लोकप्रिय गायक कमल खत्रीले आफ्ना भाइ आर के खत्रीसँगको सहकार्यमा 'नाच छौंडी नाच' बोलको गीत रिलिज गरेका छन् ।

डान्सिङ नम्बरमा हिपहपको समीश्रण गरिएको गीतमा उनीहरुलाई र्‍यापमा भियोमा र सुनिता लामगडले साथ दिएका छन् ।

गीतमा प्रयोग भएको मैथिली शव्द 'छौंडी'को अर्थ 'छोरी' हो । गीतको शब्द तथा संगीत खमल खत्रीले नै तयार पारेका हुन् । 

यसैगरी राजिब समरले गीतको भिडियो निर्देशन गरेका हुन् । भिडियोमा कमलकी गायिका पत्नी मेलिना मैनालीसँगै अन्य तीन मोडललाई फिचर गरिएको छ। यसरी फिचर गरिएका तीन मोडलहरुमा काजल कर्न, पूजा ठाकुर तथा जस्मिन मगर रहेका छन् ।

यो गीत तराईका छोरीचेलीलाई खुल्ला रुपमा अगाडि आउन भन्ने उदेश्यका साथ निर्माण गरिएको कमलले जानकारी दिएका छन् । गीतमा जनकपुरका रमणीय दृश्यहरु देख्न सकिन्छ ।