'सारेगमपा लिटिल च्याम्प’की विजेता जेट्शन डोना नेपाल आउँदै
भारतीय गायन रियालिटी शो ‘जीटीभी–सारेगमपा लिटिल च्याम्प’की विजेता जेट्शन डोना लामाले आगामी असोज ६ गते ललितपुरको गोदावरी सनराइज कन्फ्रेन्स हलमा कन्सर्ट गर्ने भएकी छन् । साधना कला केन्द्रले आयोजना गर्न लागेको ‘जेट्शन डोना लामा लाइभ कन्सर्ट इन नेपाल’ च्यारिटीका लागि हुनेछ ।
आयोजकले आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै कार्यक्रमको बारेमा जानकारी दिएको हो । केन्द्रका अध्यक्ष मिलन मोक्तानले काठमाडौंको कपनमा रहेको बाल अपांग टेवा संस्थाको सहयोगार्थ कन्सर्ट गर्न लागिएको बताए । ‘बाल अपांग टेवा संस्थामा आश्रित बालबालिकाहरुलाई विद्यालय जान समस्या भएको पायौं । ह्वीलचेयरमा उनीहरु विद्यालय जान सक्ने अवस्था देखिएन । यो कार्यक्रमबापत उठेको रकमको केही प्रतिशतले उनीहरुलाई गाडी अथवा भेन किन्ने उद्देश्य हो’, मिलनले भने ।
मिलनले कन्सर्टमा नेपालकै १० जना संगीतवादकको सहभागिता रहने बताए । ‘उनले १२ वटा हिन्दी गीत गाउनेछिन् । नेपाली गीतको हकमा ओएसआर डिजिटलबाट सार्वजनिक भएका गीतहरु गाउनेछिन्’, मिलनले भने । कार्यक्रममा नेपाली अपांग बालबालिकाहरुले पनि आफ्नो प्रस्तुती दिनेछन् ।
बाल अपांग टेवा संस्थाका अध्यक्ष डेन्डी शेर्पाले संस्थाको सहयोगका लागि सांगीतिक कार्यक्रम गरिनु खुशीको कुरा भएको बताए ।
आयोजकका अनुसार जेट्सन यही सेप्टेम्बर १७ तारिखमा नेपाल आउनेछिन् । कार्यक्रममा प्रत्यक्ष भिडियो संवादमा बोल्दै गायिका जेट्सनले नेपालमा कन्सर्ट गर्न आउन लाग्दा उत्साहित भएको बताइन् । आफू गायक सबिन राई, १९७४ एडीलगायतका व्याण्डको फ्यान भएको उल्लेख गर्दै उनले ‘यो मन त नेपाली हो’ र ‘प्यार जिन्दगी’ बोलको गीत सुनाएकी थिइन् ।
सुरेशको वास्तविक कथामा आधारित साङ्गीतिक फिल्म 'हे दैव' सार्वजनिक, भक्कानिए र…

निराजन र करिश्मा फिचर्ड 'सक्दिनँ तिमी बाहेक'
.00_03_53_20.Still002_Kq6QCMduEY_tvmcocoxhjhkdy3xl4ejsecw0a44hl8dtqx6ycrshzk07jtlgfnpy7h0bgpb_04EFH8z7c3_3hrkikedln6sabbxk8bcb1bxysxa3014h5qcssf77kia7nrpthwrpldi4kdu.jpg)
आशिकासँग शाहिलको न्यानो साथ

क्यानाडामा नेपथ्य व्याण्डको पहिलो कन्सर्ट हुँदै

प्रमोद खरेल र विन्ध्यवासिनी बीचको विवाद: प्रतिलिपि अधिकारमा गलत नजिर बस्ने स्र…

'उडान' म्युजिकल सर्ट फिल्मको टिजर सार्वजनिक

चर्चित गीत ‘नरोउ माया सम्झेर मलाई’ राधाकृष्ण भर्सनमा सार्वजनिक

प्रतिक्रिया