फिल्म निर्देशनमा सुरजले देखाए संभावना

बिहिबारदेखि रिलिज भएको फिल्म ‘परस्त्री’ले दर्शकको औषत साथ पाइरहेको छ । फिल्मको वर्ड अफ माउथ बलियो भएकाले पनि दर्शक विस्तारै बढ्ने अपेक्षा निर्माणपक्षको छ ।
शर्मिला पाण्डेको निर्देशनमा तयार भएको यो फिल्मलाई सुरज पाण्डेले निर्देशन गरेका हुन् । सुरजको यो डेब्यू निर्देशन हो । उसो त, उनले कलाकारको रुपमा फिल्म ‘लभ लभ लभ’मा काम गरेका थिए । यसपछि केही फिल्ममा सह–निर्देशकको रुपमा काम गरेका सुरजले ‘परस्त्री’बाट आफूलाई निर्देशकको रुपमा अगाडि सारेका हुन् ।
यो फिल्मले प्रिमियरमा उच्च प्रशंसा पाएको छ । फिल्म हेरेका सबैले निर्देशकको रुपमा सुरजले बलियो संभावना देखाएको बताए ।
नायिका स्वस्तिमा खड्काले आफूसँग फिल्म खेलेका सुरजले आज फिल्म निर्देशन गरेको देख्दा खुशी लागेको बताइन् । फिल्म निर्देशनमा सुरजले बलियो संभावना देखाएको समेत उनको भनाई थियो ।
फिल्म हेर्न पुगेका निर्देशक दिवाकर भट्टराई पनि सुरजको कामले प्रफुल्लित भए । निर्मात्री शर्मिला पाण्डेले भारतमा पनि फिल्म हेरेका अधिकांशले सुरजको कामलाई लिएर प्रशंसा गरेको बताइन् । उनले, नयाँ निर्देशकको जस्तो नै नदेखिएको भन्दै बलिउडका केही दिग्गज व्यक्तिहरुले तारिफ गरेको सुनाइन् । आजबाट यो फिल्म भारतमा समेत रिलिजमा आएको छ ।
फिल्म निर्देशन गर्दा अधिकांश निर्देशकहरुले फिल्मका साना–साना दृश्यमा समेत ध्यान दिएका हुँदैनन् । तर, ‘परस्त्री’मा सुरजले यस्ता कुरामा आफूलाई चुक्न दिएका छैनन् ।
दीपेन्द्र के खनालको लेखनलाई सुरजले न्याय गरेका छन् । जसकाकारण, उनले आगामी दिनमा नेपाली फिल्म निर्देशनमा बलियो संभावना देखाएको फिल्मीकर्मी तथा पत्रकारहरुको भनाई छ ।

‘सोल्टिनी’को छायांकन ३६ दिनमा प्याकअप

दिव्यासँग प्रदिपः के बल्ल जोडी सुहाएको हो ?

‘परालको आगो’मा जितु नेपालको इन्ट्री

शिव रेग्मीकी भान्जी ‘हर्ष’ बनाउँदै, खगेन्द्र र आँचलको जोडी देखिने

मायाको प्रतिक हो ‘मायाबी’: दिवाकर भट्टराई

उस्तै नाममा रिलिज भइसकेका छन् दर्जन बढी फिल्म

‘जुना’को टिजरमा छोरीको व्यथाको कथा

प्रतिक्रिया