वर्षा सिवाकोटी नाँच्दा नाँच्दै ‘गणपति’को सेटमा आगो लाग्यो

नायिका वर्षा सिवाकोटीलाई फिचर गर्दै छायांकन भैरहेको फिल्म ‘गणपति’को सेटमा आगो लागेको छ । मेरो फिल्मलाई प्राप्त भिडियोमा आगोले सेट पुर्ण रुपमा ध्वस्त बनाएको छ ।
नायिका सिवाकोटीले आगोका कारण सम्पूर्ण सेट जलेको बताइन् । कविराज गहतराजले फिल्मको गीतको कोरियोग्राफी गरिरहेका थिए ।
सेटमा सय जना कोरस र नायिका सिवाकोटीले नृत्य गरिरहेका थिए । फिल्ममा नायिका सिवाकोटीले एउटा आइटम गीतमा मात्र नृत्य गरेकी हुन् ।
भदौको १४ गतेबाट रिलिजमा आउन लागेको यो फिल्ममा मुकुन भुषाल र मेनुका प्रधान मुख्य भूमिकामा छन् । यो फिल्मलाई केही दिन अगाडि मात्र निर्माता रामप्रसाद रिजालले आफ्नो कम्पनीको स्वामित्वमा किनेका थिए । फिल्मलाई सविन अधिकारीले निर्देशन गरेका हुन् । फिल्ममा उनकै लेखन समेत छ ।
आगालागीबाट मानवीय क्षती भने भएको छैन ।

‘सोल्टिनी’को छायांकन ३६ दिनमा प्याकअप

दिव्यासँग प्रदिपः के बल्ल जोडी सुहाएको हो ?

‘परालको आगो’मा जितु नेपालको इन्ट्री

शिव रेग्मीकी भान्जी ‘हर्ष’ बनाउँदै, खगेन्द्र र आँचलको जोडी देखिने

मायाको प्रतिक हो ‘मायाबी’: दिवाकर भट्टराई

उस्तै नाममा रिलिज भइसकेका छन् दर्जन बढी फिल्म

‘जुना’को टिजरमा छोरीको व्यथाको कथा

प्रतिक्रिया