प्रियंकाको एआई तस्वीरः अगाडि राजकुमारी, पछाडि विभिन्न रुप


यतिबेला सामाजिक संजालमा नेपाली कलाकारहरुको विभिन्न रुपसहितको तस्वीर हेर्न सकिन्छ । नायिका प्रियंका कार्कीदेखि स्वस्तिमा खड्का, नीति शाह, ऋचा शर्मा र नायक प्रदीप खड्काले यस्ता तस्वीहरु शेयर गरिरहेका छन् । 

झट्ट हेर्दा कुनै फिल्मको तस्वीर जस्तो लागेपनि यी तस्वीहरु एआई प्रविधिबाट बनाइएको हो । एआई प्रविधिमा कलाकारका विभिन्न तस्वीरलाई संयोजन गरेर तयार पारिन्छ । यसलाई नेपालीमा कृत्रिम बौद्धिकता समेत भन्ने गरिन्छ । कृत्रिम रुपमा एआई प्रविधिबाट तयार पारिएका तस्वीरहरुमा कलाकारहरु मख्ख परिरहेका छन् । 

उसो त, एआई प्रविधिबाट तस्वीर तयार पार्दा डिजाइनरले तयार पारेका पोष्टरहरु नै भोलीका दिनमा ओझेलमा पर्ने हुन् कि भन्ने खतरा पनि बढेको छ । 

नायिका प्रियंका कार्कीको एउटा तस्वीर भने अन्य कलाकारको भन्दा फरक छ । टाउकोमा ताज लगाएर प्रियंका राजकुमारी जस्तो देखिएकी छिन् । तर, उनले तस्वीर शेयर गर्दा ध्यान नदिएको एउटा कुरा के हो भने, राजकुमारीको पछाडि देखिएका पुरुष र महिलाहरुमा पनि प्रियंकाकै अनुहार आएको छ । 

अगाडि राजकुमारी जस्तो देखिएकी पनि पछाडि प्रियंकाको अनुहार विभिन्न रुपमा देख्न सकिन्छ । सायद, यो तस्वीर शेयर गर्दा प्रियंकाले अगाडिको राजकुमारी जस्तो तस्वीरलाई मात्र ध्यान दिएको हुनुपर्छ । सामाजिक संजालमा प्रियंकाको तस्वीरको ट्रोल पनि बनिरहेको छ ।