हिन्दी ट्रेलरमा यस्तो देखियो फिल्म ‘परस्त्री’
_5XpTfVn77I_oivaf2wx7tueqv7oew2526igfy0nu3rjj294cvhjfpisfjecqnojcxog2mqo_YujMS3HZEB_hxb1tf3qo9v5rujr2kq9al2gkasdrrdta8sdpzhyiqc82sn8w35v0u8wwbcn.jpg)
आगामी असार १५ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘परस्त्री’को हिन्दी डब ट्रेलर सार्वजनिक गरिएको छ । २ मिनेट ४७ सेकेण्ड लामो ट्रेलरले विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटको कथा प्रस्तुत गरेको छ ।
बिफोरयु म्युजिकबाट सार्वजनिक फिल्मको हिन्दी ट्रेलरले पनि दर्शकको मन जित्ने विश्वास निर्माण टिमको छ । गत बिहिबार सार्वजनिक गरिएको सिनेमाको नेपाली ट्रेलरले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाएको छ । बिशेष गरी अभिनेत्री शिल्पा मास्केको बोल्ड अवतारको चर्चा दर्शकमाझ भैरहेको छ ।
नेपालीसँगै हिन्दी भाषामा भारतका हलमा समेत प्रदर्शन हुन लागेको फिल्म सुरज पाण्डेको निर्देशन छ । शर्मिला पाण्डे फिल्मकी निर्मात्री हुन् । दीपेन्द्र के खनालको लेखन रहेको फिल्ममा कोशिस क्षेत्री, शिल्पा मास्के, गौरव बिष्ट, एलिसा क्षेत्री, अशान्त शर्मा, गीत विष्ट, रामबाबु रेग्मी, सरस्वती अधिकारी, अर्पित न्यौपानेलगायतको पनि अभिनय छ ।
डिएस डिजिटको व्यारमा निर्माण भएको फिल्मको भारत रिलिजमा नेन्दी क्रियसनले सहयोग गर्दैछ । फिल्ममा निरज कँडेलको छायांकन र दीर्घ खड्काको सम्पादन रहेको छ ।

‘सोल्टिनी’को छायांकन ३६ दिनमा प्याकअप

दिव्यासँग प्रदिपः के बल्ल जोडी सुहाएको हो ?

‘परालको आगो’मा जितु नेपालको इन्ट्री

शिव रेग्मीकी भान्जी ‘हर्ष’ बनाउँदै, खगेन्द्र र आँचलको जोडी देखिने

मायाको प्रतिक हो ‘मायाबी’: दिवाकर भट्टराई

उस्तै नाममा रिलिज भइसकेका छन् दर्जन बढी फिल्म

‘जुना’को टिजरमा छोरीको व्यथाको कथा

प्रतिक्रिया